निषेधाज्ञाको आदेश उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जना बिद्यार्थी नेतालाई गिर्फतार गरेको छ । प्रहरीले नेपाल बिद्यार्थी संघ पर्साका अध्यक्ष बिकास तिवारी ,जिल्ला उपाध्यक्ष शेष हजरा र ठाकुरराम बहुमुखी क्याम्पसका इकाई अध्यक्ष मनोज साहलाई प्रहरीले गिरफ्तार गरेको हो ।
बीरगंजमा पछिल्लो समयमा अस्पतालहरुले बिरामीको भर्ना लिन नमान्दा मृत्युवरणका घटना बढेकोमा स्थानीय प्रशासनले कारवाही गर्न नसकेको भन्दै बिरोधमा जिल्ला प्शासन कार्यालय पर्साको मुल गेटमा धर्नामा बसेका बिधार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।
धर्नास्थलमा प्रहरी र बिद्यार्थीवीच झडप पनि भएको थियो । बिद्यार्थीाई तितरि बितर गर्न प्रहरीले लाठी चार्ज गरेको थियो ।
लाठीचार्जका कारण केही बिद्यार्थी घाइते भएको बिद्यार्थी नेता मनोज साहले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया