logo

सिराहको कल्याणपुर नगरपालिकाका प्रमुख बिरुद्ध बिशेष अदालतमा मुद्धा, मेयरबाट निलम्वित 

      8/12/2020 गते 00 00 मा प्रकाशित     945   पटक पढिएको

अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले सिराह जिल्लाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उहाँका छोरा सन्त मण्डल बिरुद्ध बिशेष अदालत काठमाण्डौमा आज मुद्धा दायर गरेको छ ।

 

सेवाग्राहीसंग डिपीआर रिपोर्टको भूक्तानी दिने बेला ५ लाख घुस मागेको र घुस लिएको स प्रमाण नियन्त्रणमा लिइएपछि अख्तियार बिशेष अदालतमा मुद्धा दायर गरेको हो । बर्दिवास स्थित अख्तियारको टोलीले सेवाग्राहीबाट ५ लाखको चेक रकम लिएको अवस्थामा मेयर पुत्र सन्त मण्डललाई नियन्त्रणमा लिएको थियो । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुवा सूर्यनाथ मण्डलको निर्देशनमै छोराले घुस रकम लिएकोले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा सन्त कुमार मण्डललाई सोही दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम घुस लिएको पाँच बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१( को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिएको छ ।

 

मेयर सूर्यनाथ मण्डललाई पनि छोरालाई लिएको यही दावी लिएर बिशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भयो । 
बिशेष अदालतमा मुद्धा दायर भएसंगै मण्डल नगर प्रमुख बाट पनि निलम्वित हुनु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.