logo

रौतहटका युवाको बीरगंजमा मृत्यु,राज्यले नियोजति रुपमा हत्या गरेको दलीत अधिकारकर्मीको आरोप

      8/27/2020 गते 00 00 मा प्रकाशित     1332   पटक पढिएको

 कर्तव्य ज्यान मुद्दामा अभियोग लागि पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवकको उपचारको क्रममा बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

रौतहटको गरुडाका १९ वर्षिय बिजयरामको मृत्यु भएको हो । हिरासतमा रहेका रामको स्वास्थ्य अवस्था बिग्रेपछि उपचारकोलागि नेशनल मेडिकल कलेजमा पठाइएको रौतहट प्रशासनले जनाएको छ । रौतहटका प्रहरी प्रमुख रविराज खडकाले रामको उपचारको क्रममा मृत्यु भएको बताउनु भयो । 

 

गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका राम पक्राउ परेका थिए । स्थानीय र दलीतअधिकारकर्मीले भने प्रहरीको चरम यातनाका कारण रामको ज्यान गएको आरोप लगाएका छन ।

 

प्रहरीले मुख्य दोषीलाई  जोगाउन यातना दिएर रामलाई अपराध कवुल गराउने चक्करमा उनको ज्यान गएको गम्भिर आरोप उनीहरुले लगाएका छन । प्रहरीले अन्याय गरेको भन्दै चार दिन देखी स्थानीय समुदायले प्रहरी बिरुद्ध प्रर्दशन गर्दै आइरहेका थिए । 

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शेख आजाद, अजय कुमार रन्जन, विवेक राय यादव, अर्जुन राम, सिकेन्द्र पासवान र विजय महरालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको थियो ।


संयुतmदलित संघर्ष समिति, प्रदेश २ ले हिजो पनि प्रेस बिज्ञप्ति जारी गरेर बिजय रामको जीवन रक्षाको अपिल गरेको थियो । दलीत अधिकारको क्षेत्रमा काम गर्ने अगुवाहरुले अन्याय भएको भन्दै कुरा उठाएका थिए ।  दलीत अगुवा मनोज रामले यो घटनालाई गम्भिरता पूर्वक लिन राज्य संयन्त्रलाई जति भने पनि कुनै सुनवाई नभएको भन्दै आक्रोश ब्यक्त गर्नु भयो ।

 

दलीतहरु प्रदेश २ मा असुरक्षीत भएको भन्दै रामले चिन्ता ब्यक्त गर्नु भयो । सामाजिक न्यायकालागि दलीतले हरेक क्षण योगदान गरे तर त्यसको प्रतिफल भने नपाएको उहाँको बुझाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.