logo

प्रस्तावित निजगढ अन्तराष्ट्रिय बिमानस्थल क्षेत्रभित्र ४८ हजार रुखको गणना सकियो

      9/2/2020 गते 00 00 मा प्रकाशित     1239   पटक पढिएको

प्रस्तावित निजगढ अन्तराष्ट्रिय बिमानस्थल क्षेत्रभित्र आईतवारसम्म ४८ हजार ५ सय रुख र पोलको गणना भएको छ ।

असार १६ गतेदेखि शुरु भएको गणना कार्य आईतवारसम्म ४८ हजार ५ सयको सख्यामा रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

 

४ ओटा वन प्रााविधिक र मजदुरहरुको टोलीले वन क्षेत्रभित्र रहेका रुख र पोलको गणनागर्ने र नम्बर लगाउने काम गरिरहेको छ । जसमध्ये हालसम्म गणना भएको सख्यामा अधिकाशं पोल रहेको वन अधिकृत मञ्जुर अहमद्ले जनाकारी दिनु भयो  ।

 
वन कार्यालय बाराले ३२ सेन्टिमिटर भन्दा माथि गोलाई भएको सबै विरुवाको गणना गरिरहेको छ । प्राविधिक रुपमा ३२ देखि ९४ सेन्टिमिटर गोलाई भएको बिरुवालाई पोल र सो भन्दा माथिकोलाई रुखको रुपमा परिभाषित गरिन्छ ।

 

विमानस्थलको ८ हजार ४५ हेक्टर  क्षेत्रफल मध्ये १९ सय हेक्टर भुभागलाई १२ ओटा प्लटमा छुटएर पहिलो चरणमा २ सय हेक्टरमा रहेका रुख र पोलको गणना भईरहेको छ ।

 ‘हामी पहिलो चरणमा छुटईएको २ सय हेक्टरको गणनाको अन्तिम चरणमा छौ, अवको साता दिनभित्र यसको वृस्तित तथ्याकं सार्वजनिक हुन्छ’ वन अधिकृतले भन्नु भयो  ।

 

विमानस्थल निर्माणको क्रममा ठूलो संख्यामा रुखहरु कटान हुने भन्दै वातारणविद्हरुले सार्वजनिक रुपमा चर्को आलोचना गरेपछि हाल यो विषय सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । 


 ‘हामीले शुरु गरेको गणनाले अदालतमा विचाराधिन अवस्थामा रहेको बिमानस्थलको मुद्दा टुंगाउन त मद्दत पुग्छ नै भविष्यमा बिमानस्थल निमार्णको काम अगाडि  बढ्दा रुख काट्नुपर्यो भने रुख सख्या कति छ, पोल कति छ भन्ने जानकारी लिन मद्दत पुर्याउछ’ उहाँले भन्नु भयो  ।

 

वन मन्त्रालयको आदेश र प्रदेश नं २उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालयले अनुमतीमा डिभिजन वन कार्यालय बाराले गणना कार्य शुरु गरेको हो ।

 २ साताअघि पर्यटन मन्त्री योगेश भट्टराईले  एक सार्वजनिक कार्यकम्रमा प्रस्तावित अन्तराष्ट्रिय बिमानस्थल क्षेत्रमा ६० हजार रुखको गणना भईसकेको जनाकारी दिनु भएको थियो  ।

 

तर वन कार्यालय बाराले भने पहिलो चरणमा छुट्टाईएको २ सय हेक्टरमा अनुमानित ५५र५६ हजार मात्रै रुख र पोल रहेको जनाएको छ । हाल ४ ओटा टोलीले प्रतिदिन १ हजार देखि १२ सयको संख्यामा गणना गरिरहेको मधुवन सव डिभिजन वन कार्यालय अधिकृत सत्यदेव यादवले जानकारी दिनु भयो  ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.