logo

युद्धबाट आएको माओवादी पार्टीका नेता मालामाल भएका छनः आजपा अध्यक्ष साह

 इसीमाना सम्वाददाता     २०८० फागुन १ गते १७: १७ मा प्रकाशित     565   पटक पढिएको

बीरगंज । आम जनता पार्टीका अध्यक्ष प्रभू साहले बर्तमान सत्तागठबन्धनको सरकारले आम गरिक किसानको हितमा कुनै काम नगरेको आरोप लगाएका छन ।

 

जनयुद्ध दिवसको अवसरमा पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष साहले युद्धबाट आएको माओवादी पार्टीका नेता मालामाल भएको बताए ।

 

उनले तिनै मालामाल भएका नेताहरुले ज्यान गुमाउनु परेका जनताका आफन्तलाई दश लाख पाउनु भएन भन्दै उनीहरुको सपनाको अपमान गरिरहेको आरोप लगाए ।

 


माओवादी नाम राख्दैमा माओवादी नहुने तर्क गर्दै नेता साहले गरिब किसान मजदुरको पार्टी भन्दा भन्दै अहिले पार्टी काहा पुग्यो सबैले देखिरहेको चर्चा गरे ।

 

कम्युनिष्ट पार्टी त सर्वहाराको पार्टी हो तर नेपालका कुनै कम्युनिष्ट पार्टीमा सर्वहारा नभएको चर्चा गर्दै उनले कम्युनिष्टका नाममा दलाल र पूजीपतीको सेवा गर्छन गरिबलाई चिन्न छाडीसके ति सबै नामधारी कम्युनिष्ट मात्र भएको बताए ।


उनले जनताको जीवनमा उज्यालो ल्याउनकालागि उक पटक लडनै पर्ने भएकोले आम जनता पार्टीको जन्म भएको बताए । नेपालमा जताततै बेथिति रहेको चर्चा गर्दै सरकारनै ठग र गैरकानूनी काम गर्नेहरुको संरक्षक रहेको बताए ।


कार्यक्रममा सम्बिधान सभाका सदस्य इस्लाम हवारी, पार्टीका नेता बाबुराम कौशीक उमेश कुशवाहा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.