logo

पोखरियाका नागरिक अगुवा चौरसियामाथि सार्वजनीक जमिन अतिक्रमणको आरोप, न्यायीक निरुपण गर्न नगरपालिकालाई आग्रह

      9/13/2020 गते 00 00 मा प्रकाशित     1489   पटक पढिएको

पोखारिया नपा वडा ४ का बद्री चौरसियाले आफनो घर निर्माण गर्ने क्रममा सार्वजनीक जग्गा अतिक्रमण गरेको स्थानीयले आरोप लगाएका छन ।

 

 चौरसियाले घर निर्माणकालागि नगरपालिकाले दिनु पर्ने अनुमती समेत नलिएको उनीहरुको गुनासो छ । घर निर्माण गर्दा  भवन संहिता अनुरुप प्रक्रिया पुरा गर्नु पर्छ नगरपालिकाले त्यो पुरा गर्ने शर्तमा घर निर्माणको अनुमती दिने गर्दछ । चौरसियाले नगरपालिकाबाट त्यस्तो अनुमती नलिएको स्थानीयको अरोप छ । यद्धपी घर निर्माणको निवेदन चौरसियाले दुई वर्ष अगाडि नगरपालिकामा दिएको देखिन्छ । तर नगरपालिकाबाट नक्सा पास भने भएको छैन । 

 


चौरसियाले र्दु वर्ष अगाडि घर निर्माणकालागि निवेदन दिने बेलामा  पोखरिया नगरपालिका वडा नं ४ का राजेश मिश्रले पनि ०७५ चैत ९ गते जग्गा अतिक्रमण भएको भन्दै अतिक्रमण हटाउन माँग राखेर निवेदन दिनु भएको थियो  । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ३१ को (ख) बमोजिम धार्मिक स्थल, सार्वजनिक जग्गा, बाटो र नाला आदि संरक्षणको अधिकार र दायित्व स्थानीय सरकारको हुने भएकोले मिश्रले अतिmक्रमणमुक्त गराउन माँग गरेर उजुरी दर्ता गराउनु भएको थियो ।

 


यस वीच नगरप्रमुख दीपनाराण रौनीयार, राजेश मिश्र र बद्री चौरसियाको वीचमा त्रिपक्षीय वार्ता समेत भयो । ०७५ चैतको दोश्रो सातामा भएको छलफलमा २०२१ सालको नक्सालाई मान्यता दिने कुरामा सहमती भएको थियो  ।  त्यही छलफलमा नक्सा पास नगरि निर्माण कार्य पनि कुनै हालतमा नहुने प्रमुख रौनीयारले बताउनु भएको थियोे ।

 

चौरसियाले आफ्नो स्वामित्वमा रहेको कि.नं. ४७ र ४८ को पूर्व पट्टी १० फिट चौडाइ र करिब ९० फिट लम्बार्ई सम्मको जमिन अतिक्रमण गरेको स्थानीयको आरोप छ । स्थानीयले यो बिषयमा नगरपालिकाको न्यायीक समिति , जिल्ला प्रशासन कार्यालय पर्सामा  ०७७ भदौ ५ गते पनि निवेदन गरेका छन । कोरोना महामारीको संकटको बेलामा अदालत नखुलेकोले निवेदकहरुले अदालत जान नपाएको बताएका छन । 

 


यो बिषयमा बिवादीत जग्गामै सम्बिधान सभाका सदस्य प्रदुम्न चौहान र स्थानीय भद्र भलाद्मी बसेर छलपल भएको पनि छ । छलफलले निकालेको निष्कार्ष चौरसियाले नमानेको निवेदकको आरोप छ । 


चौरसियाले पोखरयिा नगरपालिकाको न्यायीक समितिलाई लेख्नु भएको प्रतिउत्तरपत्रमा भने आफूले नयाँ घर निर्माण गरेको नभई पुरानै घर निर्माण गरेको दावी लिनु भएको छ । निवेदकहरुले रिसराग राखेर दुःख दिने नियतले निवेदन  दिएको र आफूले सार्वजनीक जमिन अतिक्रमण पनि नगरेको उहाँले दावी लिनु भएको छ । 


निवेदकहरुले लिएको दावी अनुसार नयाँ नक्सामा कित्ताकाट गरेर नै सार्वजनीक जमिन अतिक्रमण भएको छ । ०५६ साल हालसावीक गराउदा कित्ताकाट भएको उनीहरुको दावी छ । 


नयाँ र पुरानो नक्सा सहितको दावी लिएर नगरपालिकाको न्यायीक समिति सम्म उजुरी पुग्दा समेत सार्वजनीक जमिन हो होइन यकिन गर्ने बिषयमा नगरपालिकाले चासो नलिएको निवेदकहरुको गुनासो छ । उजुरीकर्ताहरु रामरिश चौहान, र दिनेश मिश्र सहित स्थानीयले  नगरपालिकालाई अनिर्णय बन्दी बनेर बस्ने नभई समस्याको हल खोज्न आग्रह गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.