logo

पहिलो पटक सुरक्षा निकाय र जनप्रतिनिधिद्वारा पर्साको सीमा निरिक्षण, भारतीय नागरिकको प्रवेश रोक्न आग्रह 

      9/15/2020 गते 00 00 मा प्रकाशित     1019   पटक पढिएको

सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्ण भक्त ब्रह्मचार्यको नेतृत्वमा सशस्त्र प्रहरी ,जनप्रतिनिधि र पत्रकारको टोलीले पर्सा जिल्लाको भारत तर्फ सीमा जोडिएको क्षेत्रको स्थलगत निरिक्षण गरेको छ । 


निषेधाज्ञा खुकुलो हुदै गएपछि भारत तर्फबाट भारतीय नागरिको नेपाल प्रवेश रोक्नकालागि सीमाको निरिक्षण गरिएको सशस्त्र प्रहरीका एक अधिकारीले बताएका छन । 


ब्रह्मचार्यको टोलीमा प्रतिनिधि सभाका सदस्य लक्षमणलाल कर्ण, प्रदीप यादव जिल्ला समन्वय समितिका सभापति नेक महम्मद मिया नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान सशस्त्र प्रहरी पर्साका प्रमुख राजेन्द्र खड्का लगायतको सहभागिता रहेको छ । टोलीमा सहभागि साँसदहरुले कोरोना कहर नियन्त्रण रोकथामकालागि भारतीय नागरिकको नेपाल प्रवेशलाई रोेक्न सीमामा खटिएका प्रहरीलाई सभाउन नागरिकलाई अपिल गरेको बुझिएको छ ।  

 

सीमा क्षेत्रलाई अझ बढी नियमित गर्न भारतीय नागरिकको नेपाल प्रवेशलाई थप कडा गर्नकालागि शस्त्र प्रहरीले पर्सामा थप १० ओटा बोर्डर आउट पोष्ट स्थापना गर्ने तयारी गरेको छ । त्यसकोलागि पनि स्थानीय नागरिकको सहयोग जुटाउन यो भ्रमणको उद्धेश्य रहेको ति अधिकारीले बताएका छन । 


कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले सीमा सिल गरेपनी खुला सीमाको कारण भारतबाट नेपाल तर्फ मानिसको आवात जावत तथा अवैध चोरी पैठारीलाई नियन्त्रण गर्न यो भ्रमण फदायी हुने बिश्वास गरिएको छ ।

 

प्रहरीको टोलीसंगै निर्वाचित साँसद जिल्ला सभापति पनि अनुगमनमा निस्केर नागरिक र कर छलेर नेपाल भित्रिने बस्तुको अनधिकृत कोरोवार नियन्त्रणकोलागि नागरिक सहयोग जुटाउने यो पर्सामा पहिलो प्रयास गरिएको छ । यसले कोरोना संक्रमणबाट र पर्साका नागरिकको रक्षा र तस्कर िनियन्त्रण गरेर राष्ट्रीय राज्सव संकलनमा बृद्धि हुने अपेक्षा गरिएको छ ।

 

 टोलीले  वीरगञ्जको मुख्य भन्सार नाका मितेरी पुल  इनर्वा, बलिरामपुर, छपकैया, भिस्वा, जानकीटोला भिस्वा लगाएतका नाकामा पुगेर अहिलेको अवस्था र भोलीका दिनमा आउन सक्ने समस्याका बारेमा बिश्लेषण गरेका छन  । 

निरीक्षणका क्रममा पर्साका सांसद लक्षमणलाल कर्ण, प्रदिप यादव, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला समन्वय समितीका सभापति नेक महमद अंसारी, सशस्त्र प्रहरी उपरीक्षक राजेंद्र खडका लगाएतको उपस्थिति रहेको रहेको छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.