logo

ठोरी गाउँपालिकाको ११औं गाउँसभा सम्पन्न, राजनीतिक दलहरुले खुलेर गरे प्रशंसा

 इसीमाना सम्बाददाता      २०८१ असार १० गते १५: ०८ मा प्रकाशित     509   पटक पढिएको

बीरगंज । ठोरी गाउँपालिकाको ११ औं गाउँसभा आज सम्पन्न भएको छ । ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षता र पर्सा जिल्ला समन्वय समिति सदस्य सुशिला बिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ठोरीका राजनीतिक दलका अगुवाहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


शुभकामना मन्तव्यका क्रममा नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले ११ औं गाउँसभामा राजनीति दलका प्रतिनिधिहरुलाई आमान्त्रित गरेर लोकतान्त्रिक अभ्यास सुरुवात गरेको भन्दै गाउँपालिकाको प्रशंसा गरेका थिए ।

सवै विकासहरुको मेरुदण्ड शिक्षा नै भएकोले ठोरीको समृद्विकोलागि शिक्षा सुधार अनिवार्य सर्त भएको धारणा ब्यक्त गरे । उनले हालको ठोरी शिक्षा ऐन खारेज गरेर लोकतान्त्रिक तथा अधिकार सम्पन्न बिद्यालय ब्यवस्थापन समितिको प्रबन्ध सहितको नयॅा शिक्षा ऐन ल्याउन माग गरे।

May be an image of 6 people, dais and text

शिक्षालाई नीति र विधीले संचालन गर्न समेत पालिकालाई अनुरोध गरे । नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठले गाउॅसभाको सफलताको लागी कामना गर्दै ठोरीको समृद्विको लागी नीति तथा कार्यक्रम र बजेटले खानेपानी, शिक्षा, स्वास्थ्थ, खेलकुद, रोजगारमुलक, नदी नियन्त्रणमा आदिमा विशेष जोड दिनुपर्ने बताए । उनले राजनीतिक दलका प्रतिनिधिले दिएको सुझाव पनि ज्यादै सकरात्मक भएकोले ठोरी गाउॅपालिकाले आत्मसाथ गरेर अगाडी बढ्नु पर्ने धारणा ब्यक्त गरे ।

 

उनले ठोरीको बिकासकालागि पर्यटन पूर्वाधारमा ध्यान दिनु पर्ने सुझाव दिए । उनले ठोरीलाई पर्यटककालागि आकर्षणको केन्द्र बनाउन नीतिगत ब्यवस्थापनको खाँचो रहेको औल्याए ।
नेकपा माओबादी केन्द्र ठोरीका उपाध्यक्ष रोशन सुनुवारले सबै राजनीतिक दलसंग सहकार्य गर्दै अघि बढ्न खेजेकोमा गाउँपालिका अध्यक्षलाई धन्यवाद ब्यक्त गर्दै बिकास निर्माणमा पार्टी भन्दा पनि ठोरीबासी भएर लाग्नु पर्ने बताउनु भयो ।

May be an image of 1 person, studying, flute, hospital and text
शुभकामना मन्तव्य पश्चात गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले रचनात्मक सुझावहरुको आत्मसाथ गर्ने र सुझाव दिनुहुने सम्पुर्णलाई धन्यवाद दिदै दै आर्थिक बर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मीले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रमको सहजीकरण हेम चापागाईंले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.