logo

जनमतको जनमतबिरोधी काम,इज्जत जोगाउन मुख्यमंत्रीलाई सोधियो स्पष्टीकरण

      २०८१ सावन २५ गते १५: ३९ मा प्रकाशित     196   पटक पढिएको

बीरगंज। जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । मधेश प्रदेशका मुख्यमंत्री सिंहले २० सदस्यीय मंत्रीमण्डल बनाएपछि उनको देशब्यापी आलोचना भएको छ । अलोचनाको पारो देश्ब्यापी बढ्दै गएपछि पार्टीले स्पष्टीकरण हो ।

जनमत पार्टीको केन्द्रीय कार्यालय जनकपुरमै छ सरकार बिस्तार भएको केही दिन बितेपछि स्पष्टीकरण सोधेको देखाएर पार्टी मुख्यमंत्रीको घुमाउरो पाराले बचाउमा उत्रिएको बिश्लेषण गर्न थालिएको छ ।

जनमतका प्रवक्ता यादवले संचार माध्यमलाई अन्तरवार्ता मार्फत ठुला दलका कारण सरकार बनाउनु परेको तर्क गरेर आफनो दलको निरिहता प्रर्दशन गरेका छन ।

 

ठुला दलका कारण ठुलो आकारको मंत्रीमण्डल बनेको दलील पेश गर्दै आएका प्रवक्ताले मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरु थप गर्दा पार्टीसँग समन्वय नगरेको भन्दै मुख्यमंत्रीलाई स्पष्टीकरण सोधेको बताएका छन ।

सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप समेत मुख्यमन्त्री सिंहमाथि छ ।

बजेट बनाउने क्रममा सांसदहरुलाई ५ करोड दिने भनेर विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छविमा आँच पुर्‍याएकाले पनि मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको प्रवक्ता यादवले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.