logo

बहुदरमाईको नगरसभा हात्ती आयो हात्ती आयो फूस्सा,बजेट प्रमाणीकरण नहुदा अख्तियारी रोकियो ,सबै प्रकारको भूक्तानी अलपत्र

      २०८१ कार्तिक २० गते ०६: ०० मा प्रकाशित     341   पटक पढिएको

बीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको नगर सभा सकिएपनि नगरसभामा प्रस्तुत बजेटको प्रमाणीकरण नभएका कारण समस्या भएको छ । 


नगर सभा सकिएको सात दिन भित्रमा नगरप्रमुखले प्रमाणीकरण गर्नु पर्नेमा नगरप्रमुखले त्यसो नगर्दा कर्मचारीहरु तलव खानबाट बन्चित भएका छन ।

 

सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिकले अन्य लक्षीत सुमले सुरक्षा भत्ता पाउन सकेका छैनन । निर्माणका कामको भूक्तानी रोकिएको छ ।

 

वडबाट सम्पादीत कामका समेत भूक्तानी रोकिनु र कार्यालय संचालनको खर्चसमेत उपलब्ध नहुदा वडा कार्यालयहरुको दैनीक प्रशासन संचालन समेत प्रभावित हुने भएको छ । 


नगर सभाको निर्णय प्रमाण्ीकरणकालागि आफू तयार भएको नगरप्रमुख सिंगासन साहले बताए । उनले कर्मचारीले आफूलाई प्रमाणीकरणकालागि फाइल नदिएको बताए ।

 
नगरपालिकाका बिभिन्न वडाका पाँच जना वडाध्यक्षले नगरप्रमुखलाई प्रमाणीकरण नगर्ने भने साधारण सभाको औचित्य के  रह्यो भन्दै प्रश्न गरेका थिए ।

 

उनीहरुले कर्मचारीको तलव नदिने सुरक्षा भक्ता बितरण नगर्ने अन्य भूक्तानी नदिने हो भने साधारण सभा किन गरेको भन्दै जवाफ माँग गरेका थिए ।

 

नगरप्रमुख जस्तो मान्छेले नगरसभा सकिएपछि निर्णय माँग गरेर प्रमाणीकरण नगर्नु गैरजिम्मेवार रबैया भएको भन्दै नगरप्रमुखको आलोचना गरेका थिए । 


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाले भने नगरसभामा पेश भएको बजेट नै नगरपालिकाको आर्थिक प्रणालीको सफ्टवेयरमा प्रविष्ट भएको र त्यो बजेट पुस्तिका नगरप्रमुख र उपप्रमुखलाई दिएको बताए ।

 

वडाध्यक्षहरु सुरेन्द्र यादव ,जितेन्द्र पटेल सहितकाले नगरप्रमुख साहलाई बजेट निकासको अख्तियारी किन रोकेको भन्दै सवाल जवाफ गर्दा प्रमुख साहले बैठक छोडेर हिडेका थिए ।

 

 निकै लामो प्रयास पछि कार्तिक ८ गते बहुदरमाई नगरपालिकाको ११ औं नगरसभा भएको थियो ।  चालु आर्थिक बर्ष ०८१ र८२ को लागि ४९ करोड ९३ लाख ३३ हजारको बजेट प्रस्तुत भएको थियो ।

 

आर्थिक वर्ष शुरुभएको  चार महिना पछि भएको नगरसभाले  नीति तथा कार्यक्रम र बजेट पास गरेको भएता पनि त्यसको प्रमाणीकरणको अभावमा हात्ती आयो हात्ती फूस्सा भने जस्तै भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.