logo

क्रियाशिल युवा पत्रकार मञ्चद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, सदस्यहरु सम्मानीत

 इसीमाना सम्वाददाता     २०८१ माघ १७ गते १८: २८ मा प्रकाशित     338   पटक पढिएको

वीरगन्ज । क्रियाशिल युवा पत्रकार मञ्च नेपाल वीरगन्जले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

बिहिबार त्रिशला रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै मञ्चले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको हो ।

मञ्चले नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी एवम् सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

 

सो अवसरमा डा. मञ्जु श्रेष्ठ नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज सिंह, नेपाल पत्रकार महासंघका केन्द्रीय लेख समिति संयोजक के.सी. लामिछाने , नेपाल उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी, वरिष्ठ उपाध्यक्ष हरि गौतम,  लगायतले नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई सम्मानित गरे ।

नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई टिका लगाई, गम्छा तथा कदर पत्र प्रदान गर्दै सम्मानित गरिएको हो ।


कार्यक्रममा केन्द्रीय संयोजक लामिछाने, प्रदेशका सचिव दीपक गौतम ,प्रदेश सदस्य बिनोद परियार ,त्रिलोकीनाथ यादव  जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, उपाध्यक्ष निलिमा पौडेल सह सचिव एस.के चौरसिया , अजय चौरसिया , केन्द्रीय परिषद सदस्य लालबाबु शेख , महेशचन्द्र गौतम, राघव साह लगायतका नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई सम्मान गरिएको थियो । 


मंचका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य मंचका सचिव आनन्द पटेल  र संचालन बीरेन्द्र साहले गरेका थिए ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.