logo

प्रेस चौतारी नेपाल र प्रेस सेन्टरपर्साको होली मिलन समारोह सम्पन्न

 इसीमाना सम्बाददाता     २०८१ फागुन २८ गते ०८: २५ मा प्रकाशित     680   पटक पढिएको

बीरगंज । 
प्रेस चौतारी नेपाल पर्साले बुधवार बीरगंजमा होली मिलन समारोह आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा पर्सेली पत्रकारहरुको सहभागिता रहेको थियो ।

 
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पर्साका सचिव महेश दासले होली मिलन कार्यक्रमको महत्वको बारेमा प्रकाश पारेका थिए ।

May be an image of 5 people and people smiling

उनले प्रेस चौतारी नेपाल पर्सामा दुई ंग मात्र देखिएको बिम्व प्रस्तुत गर्दै होली मिलन कार्यक्रम पछि सातै रंग देखिनु पर्ने बताए ।

 उनले संगठन भित्र बिवादको हल गर्ने प्रमुख थलो अधिवेशनहरु भएको चर्चा गर्दै प्रेस चौतारी नेपाल भित्र जिल्ला र प्रदेशको अधिवेशन सकिएकोले बिवादका सबे बिषयहरुपनि अधिवेशनसंगै हल भएको बताए । उनले होली मिलन कार्यक्रमले सार्थकता पाउनु पर्ने बिचार ब्यक्त गरे। 


कार्यक्रमका अध्यक्ष निरन्जन मिश्रले आफूले चुनावमा उम्मेदवारी दिदै गर्दा समेत संगठनलाई एक बनाउने घोषणा गरेको स्मरण गरे । म एकताको पक्षमा छु अध्यक्ष मिश्रले भने“बिचारका आधारमा एक भएकाहामीहरु अलग अलग हुनुले कमजोर हुनु बाहेक अरु केही हुदैन ” ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानले होलीको परम्रागत मान्यता आजको दिन झन आवश्यक रहेको बताए ।

उनले होमली मिलन समारोह समारोहकालागि होइन भने इक्ष्र्या रिस राग आवेश रघृणाको परित्याग गर्न सक्नु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले होलीको सन्देश सार्थक हुन सक्ने सन्देश प्रवाह हुन आवश्यक रहेको बताए । 

उनले एकता सहमती र सहकार्यको अभावमा समस्या हुने कुरालाई बुझ्न आवश्यक रहेको बताए ।

May be an image of 5 people, people smiling, temple and text that says 'नेपाल पत्रकार महासंघ पर्साशाखा पर्सा शाखा होली गिललन सामारोह ২0বে सचचतजीवतए्क वपाल! आयोशका:- प्रव चोतारी वेपालस'

कार्यक्रममा प्रेस चौतारी नेपाल मधेश प्रदेशका नवनिर्वाचित अध्यक्ष लालबाबु शेखले पनि शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन सचिव कृष्ण कुशवाहाले गरेका थिए । 

यसैगरि प्रेस सेन्टर नेपाल पर्सा शाखाले पनि होलीको अवसरमा होली मिलन समारोह सम्पन्न गरेको छ ।

May be an image of 5 people, people studying, people smiling and text that says 'प्रेस सेन्टर नेपाल पसादारा आयोजित हौली मिलन समारोह ২0বে रारुत दिडसे 320 पोसरी रिशोरਟ टवाल vivo Y28 Rupesh Brg.rj 4p:tbrguaeletenemm Mapeogamete.e Machesh Province Mar 2 2025, 16:03'

 सेन्टरका पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी उपरिक्षक गौतक मिश्र,नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने, मधेश प्रदेशका अध्यक्ष शयाम बन्जारा,प्रदेशका सचिव दीपक गौतम, जिल्ला अध्यक्ष ओम प्रकाश खनाल , प्रेस सेन्टर नेपालका मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर बाराका इन्चार्ज कृष्ण उदास खनाल  लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.