वीरगंज । जनता समाजवादी पार्टी नेपालको पर्सा क्षेत्र नं २ को क्षेत्रीय भेला आज सम्पन्न भएको छ। भेलाबाट श्री कामेश पंडीतको अध्यक्षतामा ५१ सदस्यीय क्षेत्रीय समिति पुनर्गठन गरिएको छ।
भेलाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिससमेत गरेको छ। सिफारिस गरिएका उम्मेदवारहरूमा अशोक कुमार टेमानी, सुरेन्द्र प्रसाद कुर्मी, सन्तोष तिवारी, कामेश पंडीत, आशुतोष चतुरवेदी र बिरेन्द्र प्रसाद यादव रहेका छन्।
बैठकमा पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव , घनश्याम प्रसाद, सुरज मानन्धर, अशोक टेमानी लगायतका नेताहरुको सहभागिता रहेको थियो
तपाईको प्रतिक्रिया