logo

वीरगन्जमा शान्ति बहालीकालागि प्रशासनद्वारा सर्वदलीय संवाद सुरु

 इसीमाना सम्बाददाता     २०८२ पौष २२ गते १०: ५३ मा प्रकाशित     309   पटक पढिएको

वीरगन्ज । वीरगंजमा सोमबारदेखि चर्किँदै गएको परिस्थितिलाई नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लास्थित राजनीतिक दलहरूसँग छलफल तथा विमर्श सुरु गरेका छन्।

 

प्रशासनका अनुसार आज बिहान विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाई संवाद प्रारम्भ गरिएको हो।

 

छलफलको मुख्य उद्देश्य शहरमा शान्ति सुरक्षा पुनःस्थापना गर्नु र जनजीवनलाई सामान्य अवस्थामा फर्काउनु रहेको जिल्ला प्रशासनले जनाएको छ। बैठकमा जिल्लाका अधिकांश राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको बताइएको छ।

 

प्रशासनले राजनीतिक दलहरूको सहकार्य र समन्वयमार्फत समस्या समाधानको बाटो खोजिरहेको जनाउँदै सबै पक्षलाई संयम, सहिष्णुता र जिम्मेवारीपूर्ण व्यवहार गर्न आग्रह गरेको छ।

 

बैठकमा जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको छ। बैठकले हालको अवस्थाको समग्र मूल्याङ्कन गर्दै कर्फ्युको अवधि, सुरक्षा व्यवस्थाको सुदृढीकरण र सामाजिक सद्भाव कायम राख्ने उपायहरूबारे छलफल गरिरहेको बुझिएको छ।

 

प्रशासन स्रोतका अनुसार सर्वपक्षीय बैठकको निष्कर्षपछि कर्फ्युसम्बन्धी निर्णयसहित आवश्यक औपचारिक जानकारी सार्वजनिक गरिनेछ। यसबीच सर्वसाधारणलाई संयमता अपनाउन, अफवाह नफैलाउन र प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.