logo

वीरगन्जमा साझा शान्तिका लागि नेकपा एमालेका नेता पूर्व साँसद हजराको  अपिल

 इसीमाना सम्वाददाता     २०८२ पौष २२ गते ११: ०५ मा प्रकाशित     236   पटक पढिएको

वीरगन्ज । वीरगन्जमा पछिल्लो समय देखिएको साम्प्रदायिक तनावलाई ध्यानमा राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व साँसद प्रभू हजराले  हिन्दू र मुस्लिम दुवै समुदायलाई लक्षित गर्दै शान्ति, संयम र आपसी सद्भाव कायम राख्न साझा अपिल गरेका छन्।

हजराले धर्म र जातभन्दा मानवता ठूलो हुने उल्लेख गर्दै कुनै पनि किसिमको जातीय वा धार्मिक हिंसामा नफस्न दुवै समुदायलाई आग्रह गरेका हुन्।

 

उनले वीरगन्ज सधैँदेखि हिन्दू–मुस्लिम सहअस्तित्व, भाइचारा र सामाजिक सद्भावको उदाहरण रहँदै आएको सहर भएको बताए।

 

धर्म फरक भए पनि पहिचान मानवता नै भएको स्पष्ट गर्दै उनले घृणा, द्वेष र उक्साहटले समाजलाई विभाजनतर्फ लैजाने बताए। साथै, सामाजिक शान्ति र समृद्धिका लागि सबै समुदाय हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।

उनले भनेका छन्—

“हिन्दू–मुस्लिम एउटै माटोका फूल हौं,
घृणा होइन, प्रेमले सधैं फुलेका हौं।
हातमा हात मिलाई अघि बढौं सबै,
हिंसाको होइन, शान्तिको बाटो छानौं है।”

हजराले मस्जिद र मन्दिर दुवैबाट शान्ति र प्रेमको सन्देश फैलिनुपर्ने उल्लेख गर्दै हिंसाभन्दा संवाद र समझदारीलाई प्राथमिकता दिन आग्रह गरे।

धर्मको नाममा अशान्ति फैलाउने व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन नेपाल सरकारसँग उनले जोडदार मागसमेत गरेका छन्।

उनले वीरगन्जलाई पुनः शान्ति, सद्भाव र समृद्धिको सहरका रूपमा स्थापित गर्न सबै नागरिकको सहयोग आवश्यक रहेको भन्दै “जय वीरगन्ज, जय जनता” भन्ने सन्देशसहित अपिल गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.