logo

नेकपा एमालेको मधेश इन्चार्जको जिम्मेवारी श्रेष्ठलाई

 इसीमाना सम्वाददाता     २०८२ पौष २२ गते ०७: १४ मा प्रकाशित     485   पटक पढिएको

वीरगंज ।  नेपाल कम्युनिष्ट पार्टी (कीकृत मार्क्सवादी–लेनिनवादी) का केन्द्रीय कमिटी सदस्य  लिला नाथ श्रेष्ठ लाई पार्टीले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ।

 

पार्टी नेतृत्वले उनको लामो राजनीतिक अनुभव, संगठन क्षमता र जनसम्पर्कलाई ध्यानमा राख्दै उक्त जिम्मेवारी सुम्पिएको हो। उनी यस अघि पनि मधेश प्रदेशको इन्चार्जको रुपमा क्रियाशिल थिए ।

 

 श्रेष्ठ नेकपा एमालेका अनुभवी नेता हुन्। उनी यसअघि प्रतिनिधि सभा सदस्य समेत थिए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, महिला, बालबालिका तथा वरिष्ठ नागरिक मन्त्री, तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका नेता श्रेष्ठ निष्ठावान नेताको रुपमा परिचित छन।

 

मधेस प्रदेश सामाजिक, सांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण महत्वपूर्ण प्रदेशका रूपमा रहेको छ।  प्रदेशमा पार्टी संगठनलाई थप मजबुत बनाउने, जनतासँगको सम्बन्ध सुदृढ गर्ने, समावेशी विकासका मुद्दालाई प्राथमिकतामा राख्ने र संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय बढाउने जिम्मेवारी संयोजकको भूमिकामा रहको छ।

 

पार्टीभित्र  श्रेष्ठलाई स्पष्टवक्ता, अनुभवी र व्यवहारिक नेताका रूपमा लिइन्छ। उनको  नेतृत्वमा मधेस प्रदेशमा पार्टीको सांगठनिक संरचना सुदृढ हुने, जनअपेक्षासँग जोडिएका मुद्दाहरू प्रभावकारी रूपमा उठान हुने र राजनीतिक स्थायित्व तथा विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.