logo

पर्सा–२ मा एमालेको बृहत् पार्टी प्रवेश कार्यक्रम, सयभन्दा बढी नेता–कार्यकर्ता प्रवेश

 इसीमाना सम्बाददाता     २०८२ फागुन १४ गते ०९: २९ मा प्रकाशित     203   पटक पढिएको

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–१० घडिअर्वामा नेकपा एमाले वार्ड कमिटीद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

 

कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करिब १ सय जना नेता तथा कार्यकर्ताले नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश गरेको जनाइएको छ।

 

नवप्रवेशीहरूलाई एमालेका जिल्ला सचिव महेश दास, जिल्ला कमिटी सदस्य अजय कुमार गुप्ता तथा नेता प्रधुम्न यादवले टिका र गमछा लगाएर स्वागत गरेका थिए।

 

यसअघि पनि वीरगञ्ज महानगरपालिका–१० का वडा समिति सदस्य प्रभु महतो, युवा नेता राजिव सरार्फ र बबिता तिवारी तथा वडा नं. २४ का सफिक अन्सारीले जनता समाजवादी पार्टी (जसपा)परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।

 

कार्यक्रममा वक्ताहरूले वडा नं. १० बाट सुरु भएको संगठन सुदृढीकरण अभियानले पर्सा क्षेत्र नं. २ भर सकारात्मक सन्देश प्रवाह गर्ने दाबी गरे।

 

उनीहरूले अब भ्रमको राजनीति नभई स्पष्ट विचार र विकासमुखी एजेन्डासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य बिजय कुमार सरावगी, महानगर कमिटीका पूर्व अध्यक्ष नवराज शर्मा नेता प्रमोद साह लगायतले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । 

 

एमालेका नेताहरूले घडिअर्वाबाट सुरु भएको यो लहरले सिङ्गो पर्सा क्षेत्र नं। २ मा संगठन विस्तार र सुदृढीकरणमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.