logo

वीरगंज महानगरमा पत्रकार महासंघको ५ बूंदे माँग, ज्येष्ठ पत्रकारलाई पेन्सन नदिएको प्रति असन्तुष्टि जाहेर

 इसीमाना सम्बाददाता     २०८३ असार ३ गते ०७: ११ मा प्रकाशित     182   पटक पढिएको

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्साले वीरगञ्ज महानगरपालिकासंग आफ्ना माँगहरु सम्बोधन गर्न माँग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

 

स्थानीय सञ्चार क्षेत्रको विकास र श्रमजीवी पत्रकारहरूको हकहितका लागि महासंघले महानगर समक्ष विभिन्न ५ बुँदे माग अघि सारेको छ।


महानगरले लामो समयदेखि पत्रकारिता र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउँदै आएका साप्ताहिक पत्रपत्रिकाहरूलाई लोककल्याणकारी सूचना लगायतका सुविधाहरूबाट वञ्चित गरेको असन्तुष्टि जनाएको छ ।

 

 महासंघले साप्ताहिक पत्रकिालाई पनि लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउदै आएकोमा वीच हटाइएकोले पून बिज्ञापनको भूक्तानी दिन मााग गरेको छ ।

 

सञ्चारमाध्यमहरूबीच गरिने यस्तो असमान व्यवहार प्रेस स्वतन्त्रता र सञ्चारमैत्री वातावरणविपरीत रहेको ठहर गर्दै महासंघले यस्ता विभेदकारी निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेको छ।

 

महानगरपालिकाले आफ्नो कानूनमा ज्येष्ठ पत्रकारहरूको सम्मान र सामाजिक सुरक्षाका लागि पेन्सनको व्यवस्था गरे पनि हालसम्म त्यसको कार्यान्वयन प्रक्रिया समेत सुरु नगरेको महासंघको भनाई छ।

 

कानून निर्माण गरेर पनि त्यसको पालना नगर्नु स्वयं कानूनको उद्देश्यको उपेक्षा भएको महासंघको बुझाइ छ।

 

 महानगरमा रहेको आम संचार प्रर्वद्धन बोर्डले यस अघि ज्येष्ठ पत्रकारहरुलाई पेन्सन दिन आवश्यक कार्यबिधि निर्माण गर्न तत्काली अध्यक्ष ध्रुव अधिकारीको नेतृत्वमा एउटा समिति समेत निर्माण गरेको थियो ।

 

यसका साथै महानगरले विभिन्न समयमा प्रकाशन तथा प्रसारणका लागि उपलब्ध गराएका सूचनावापत सञ्चारमाध्यमहरूलाई भुक्तानी गर्नुपर्ने रकम २०८० सालदेखि रोकेर राखेको भन्दै त्यसको भुक्तानीको लागि माग गरिएको छ ।

 

लामो समयदेखि भुक्तानी नहुँदा स्थानीय सञ्चार संस्थाहरू चरम आर्थिक मारमा परेका छन् भने पत्रकारिता पेशा सञ्चालनमा समेत प्रतिकूल प्रभाव परेको ज्ञापनपत्रमा उल्लेख छ।


जसमा आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन गरिएको लोककल्याणकारी सूचना तत्काल प्रदान गरी भुक्तानीको व्यवस्था मिलाउनुपर्ने, साप्ताहिक पत्रपत्रिकालाई वञ्चित गर्ने विभेदकारी निर्णय अविलम्ब खारेज गरिनुपर्ने, र नेपाल पत्रकार महासंघ पर्साको संस्थागत विकासका लागि विनियोजन गरिएको बजेट तत्काल उपलब्ध गराइनुपर्ने माग रहेका छन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.