logo

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आगामी नेतृत्वकोलागि ३० जना चुनावी मैदानमा,७ गते मतदान हुने

 इसीमाना सम्वाददाता     २०८३ असार ३ गते ०७: ४६ मा प्रकाशित     214   पटक पढिएको

सिमरा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि असार ७ गते हुन लागेको निर्वाचनमा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

निर्वाचन समितिका अनुसार बुधबार विभिन्न २१ पदका लागि ३० जनाको उम्मेदवारी परेको हो ।

 

संघको अध्यक्ष पदका लागि निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गुप्ता र वाणिज्य उपाध्यक्ष गजेन्द्रकुमार गुप्ताले उम्मेदवारी दिएका छन् ।

 

यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा शिवजीप्रसाद साह सोनार र सन्तोष कुशवाहाको उम्मेदवारी परेको छ । उपाध्यक्ष उद्योगतर्फ विजयकुमार साहको एकल उम्मेदवारी परेको छ ।

 

उपाध्यक्ष वाणिज्यतर्फ प्रमोद साह तेली र रामबाबु कलवारले उम्मेदवारी दिएका छन् । कलवार निवर्तमान  कोषाध्यक्ष हुन।


महासचिवमा प्रकाश गिरी र सुशिल शर्माले उम्मेदवारी दर्ता गराएका छन् । गिरी अघिल्लो कार्यसमितिमा पनि महासचिव थिए ।

 

कोषाध्यक्षमा विन्देश्वरी प्रसाद साह कलवार र रिना रौनियार पुरीको उम्मेदवारी परेको छ । कलवार अघिल्लो कार्यसमितिमा वाणिज्य सदस्य र पुरी उद्योग सदस्य थिईन् ।

 

सचिव उद्योगतर्फ मुकेशप्रसाद साहको मात्रै उम्मेदवारी परेको छ भने सचिव वाणिज्यतर्फको एक पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

 उक्त पदमा प्रदीप कुमार, रिता कंडेल र शान्ताकुमारी बजगाईं (रिना) ले उम्मेदवारी दिएका हुन् ।

 

वाणिज्यतर्फको सात सदस्यका लागि १० जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सरदचन्द्र भट्टराई जानकारी दिए ।

 

 उनका अनुसार अमरेन्द्रकुमार साह कलवार, नवरतन प्रसाद कलवार, बलराम पौडेल, विभा गुप्ता, विजयकुमार गुप्ता, मनोहर बाबु गुप्ता, मुकुन्दराज रिजाल, रुपनारायण प्रसाद गुप्ता, शम्भुप्रसाद साह कलवार र श्रीराम साह कानुको वाणिज्य सदस्यमा उम्मेवारी परेको हो ।

 

सदस्य वस्तुगततर्फ सूर्यप्रसाद त्रिपाठीको एकल उम्मेदवारी परेको छ । यसैगरी सदस्य उद्योगतर्फको तीन पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।

 

 उम्मेदवारी दिनेमा ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता र राजेशकुमार प्रसाद साह रहेका छन् ।

 

सदस्य एशोसियटतर्फ हिमांशु गोल्छाले उम्मेदवारी दिएका छन् भने सदस्य आजिवनतर्फ कसैको पनि उम्मेदवारी नपरेको भट्टराईले बताए ।

 

निर्वाचन कार्यक्रमअनुसार  असार ४ गते बिहान १२ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय दिएको छ ।


उम्मेदवारी फिर्ता नभए समितिले दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ५ बजे चुनाव चिन्ह समेत प्रदान गर्नेछ ।

चुनाव चिन्ह प्राप्त गरेपछि उम्मेदवारले असार ६ गते दिउँसो १ गतेसम्म प्रचारप्रसार गर्न पाउनेछन् भने त्यसपछि मौन अवधि सुरु हुने समितिले जनाएको छ । नेतृत्व चयनका लागि असार ७ गते बिहान ८ बजेदेखि अपरान्ह चार बजेसम्म मतदान हुनेछ । मतदानमा ९५८ मतदाता सहभागी हुनेछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.