वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाले ४० करोड ८३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनीक गरेको छ । पालिकाको १७ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
शिक्षा क्षेत्रमा २ करोड, स्वास्थ्यमा १ करोड, कृषि विकासमा १ करोड ५० लाख, भौतिक पूर्वाधार विकासमा ५ करोड तथा सामाजिक क्षेत्रमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी अध्यक्षस्तरीय योजनाका लागि ६० लाख, उपाध्यक्ष कार्यक्रमका लागि ६० लाख, वडास्तरीय योजनाका लागि प्रत्येक वडालाई ६० लाख तथा कार्यपालिकास्तरीय योजनाका लागि २० लाख रुपैयाँ छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जानकारी दिए।
गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँसभामा अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेटमाथि छलफलपछि आवश्यक सुझावसहित अनुमोदन गरिएको जनाएको छ।
तपाईको प्रतिक्रिया