logo

पार्टी हित बिपरित गतिविधि गरेको आरोपमा नेकपाका बैठा र कुशवाहा पार्टीबाट निलम्वित

 इसीमाना सम्वाददाता     २०८३ भदौ १७ गते १२: ३३ मा प्रकाशित     96   पटक पढिएको

 वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टीले पार्टीको हित बिपरित काम गरेको भन्दै आफना दुई नेतालाई लिम्बन गरेको छ । निलम्बनमा पर्नेहरूमा केन्द्रीय समिति सदस्य रामबाबु बैठा र मधेश प्रदेश समिति सदस्य रामदरेश कुशवाहा रहेका छन् ।

 


उनीहरुलाई एक वर्षकालागि सबै पद तथा साधारण सदस्यताबाट समेत निलमबन गरिएको पार्टीले जारी गरेको कारवाही पत्रमा उल्लेख छ ।

 

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह संयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित छुट्टाछुट्टै कारबाही पत्रअनुसार बैठा र कुशवाहा दुवै जनाले पार्टीको नीति, सिद्धान्त तथा विधान, २०८२ ले निर्दिष्ट गरेको अनुशासन र आचरण उल्लङ्घन गरेको पाइएकोले निलम्बन गरिएको उल्लेख छ ।

 


पार्टी हितविपरीतका गतिविधि गरेपछि मधेश प्रदेश समितिमार्फत सोधिएको स्पष्टीकरणको जवाफ सन्तोषजनक र चित्तबुझ्दो नभएको तथा प्रदेश समितिको सिफारिसका आधारमा कारबाहीको निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

निलम्बन अवधिभर दुवै नेताहरूलाई पार्टीले प्रदान गरेका सम्पूर्ण जिम्मेवारी तथा पदहरूबाट मुक्त गरिएको छ । साथै, निलम्बन अवधिमा पार्टीको नीति, सिद्धान्त, विधान र निर्णयहरूको पूर्ण पालना गर्दै अनुशासनप्रति गम्भीर तथा जिम्मेवार रहन दुवैलाई निर्देशित गरिएको छ । kushwaha.jpeg

 

Baitha.jpeg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.