logo

पत्रकारलाई ब्याक फायर गर्छु भन्ने जर्मनी दूतावासका प्रथम सचिवविरुद्ध सतर्कता केन्द्रमा उजुरी: नेपाल झिकाएर छानबिन गर्न माग

 इसीमाना सम्बाददाता     २०८३ भदौ १८ गते ०५: २१ मा प्रकाशित     67   पटक पढिएको

 

जर्मनी। जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवले एकैदिन ४२ दिनको हाजिरी गरेको आरोपसहित उजुरी परेको छ।

 

 यादवको कार्यालयीय हाजिरी तथा सेवासम्बन्धी आचरणमा अनियमितता भएको दाबी गर्दै २०८३ भदौ १६ गते कारबाहीको माग गर्दे राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको हो।

 

राष्ट्रिय सतर्कता केन्द्रलाई दिइएको उजुरीमा सम्बन्धित अवधिको मूल हाजिरी रजिस्टर तथा अन्य उपस्थितिसम्बन्धी अभिलेख सुरक्षित गरी यादवमाथि छानबिन गर्न भनिएको छ।

 

राष्ट्रिय सतर्कता केन्द्र तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९, निजामती सेवा र सरकारी आर्थिक/प्रशासनिक अनुशासनसम्बन्धी कानूनबमोजिम अधिकारक्षेत्र प्रयोग गरी प्रथम सचिव यादवलाई तुरून्त नेपाल झिकाएर छानबिन गरि आवश्यक कारबाही गर्न सतर्कता केन्द्रलाई उजुरीमार्फत माग गरिएको छ।

 

 अभिलेख सुरक्षित राखेर निष्पक्ष छानबिन गरियोस्’ सार्वजनिक पदमा कार्यरत व्यक्तिको हाजिरी तथा सरकारी अभिलेखको विश्वसनीयतासँग जोडिएको संवेदनशील विषय भएकाले प्रमाण नष्ट वा प्रभावित हुन नदिने गरी सम्बन्धित अभिलेख तत्काल सुरक्षित राख्न पनि उजुरीमा माग गरिएको छ।

 

सार्वजनिक सेवाको अनुशासन, पदको जिम्मेवारी तथा राज्यबाट प्राप्त हुने तलब–भत्ता र अन्य सेवासुविधाको वैधतामाथि गम्भीर प्रश्न उठ्ने दाबी उजुरीमा छ।

 

उजुरीमा राष्ट्रिय सतर्कता केन्द्रलाई उक्त अवधिको तलब, भत्ता तथा अन्य सरकारी सुविधाको विवरण समेत निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न आग्रह गरिएको छ।

 

जर्मनीको नेपाली राजदूतावासमा कार्यरत प्रथम सचिव रन्जन यादवले एकैदिन ४२ दिनको हाजिरी गरेको विषयमा प्रमाणसहित उजुरी आएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ। सतर्कता केन्द्रका उपसचिव एवं सूचना अधिकारी सरिता कुमारी खतिवडाले यादवको विषयमा उजुरी परेको बताएकी छिन्।

 

 'आवश्यक कारबाहीका लागि प्रकृया अघि बढेको छ,' अधिकारीले भनिन्। प्रथम सचिव यादवमाथि पत्रकार धम्काएको, परराष्ट्र मन्त्रालयमा पठाएका दूतावासका पत्रहरू बाहिर दिएको तथा दूतावासको आधिकारिक फेसबुक पेजका सूचनाहरु तोडमोड गरेको आरोप समेत छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बाढीपीडितलाई ठोरी गाउँपालिकाको ११ लाख सहयोग

वीरगञ्ज । ठोरी गाउँपालिकाले भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि ११ लाख सहयोग गर्ने निर्णय गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.