logo

 कोभिड महामारीकाबीच बीरगंजमा कोरा साइक्लिंग च्यालेन्ज सफलताका साथ संम्पन्न

 इसीमाना सम्वाददाता     २०७८ सावन ५ गते ०३: ४५ मा प्रकाशित     743   पटक पढिएको

विश्वव्यापी महामारी कोरोना फ़ैलीएको बेला स्वास्थ्यलाई ध्यानमा  राखी थारै सहभागिहरुको वीचमा कोरा साइक्लिंग च्यालेन्ज सम्पन्न भएको छ ।

 

२५ जना सिमित सहभागीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको बीरगंज साइक्लिंग क्लबका अध्य्क्ष  संजय अग्रवालले जानकारी दिनुभयो ।


बीरगंज साइक्लिंग क्लब र एन वाई इ एफ़ बीरगंजको संयुक्त आयोजनामा पहिलो पटक बीरगंजमा कोरा  यात्रा शुरू भएको अध्यक्ष संजय अग्रवालले बताउनु भयो ।  


घडीको दिशामा धार्मिक क्षेत्रहरुको बरिपरि श्रद्धालु भक्तजनहरुले बनाउने परिक्रमलाई कोरा भन्ने गरेको एन वाई ई एफ बीरगंज का अध्य्क्ष अनूप अग्रवालले बताउनु भयो । 


  सुरुवात नेपाल घुम्न आएका एक जर्मन नागरिकले काठमाडौँमा २०१० जुलाईको तेश्रो शनिबार साइकलमा एक राउण्ड लाएर त्यो साइकल यात्रालाई कोरा भनेका थिए। त्यसैले त्यहि यात्रालाई निरन्तरता दिदैं  नेपालका विभिन्न स्थानमा यो यात्रा सुरु गरिएको हो।


पहिलो पटक बीरगंजमा कोरा यात्रा को शुरवात भएको हो । यसपाली भने कोभिडका कारणले  यात्राको दुरी छोट्याएर घंटाघर बाट चिनिमिल आवास क्षेत्र हुदै बाइपास रोड निस्किएर भानु चौक हुँदै रजत जयन्ति बाट अन्तिममा मकालू होटल सम्म  पुगेर यात्रा टुंग्याएको  अध्यक्ष अग्रवालले बताउनु भयो । 


यो यात्रा मा प्रदेश न २ का ट्राफिक प्रमुख हिमालय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमन कार्की, भंसार कस्टम सशत्र प्रहरीका इंस्पेक्टर सुबर्ण  बम ,व्यवस्थित बीरगंजका दिलीप कार्की,
 बीरगंज साइक्लिंग क्लबका अध्य्क्ष संजय अग्रवाल , अनूप अग्रवाल, संदीप बनर्जी, संदीप अग्रवाल, आनंद  चौधरी , हृतिक अग्रवाल, अक्षत चमरिया, बिनीत गोयल,  नेहा अग्रवाल, हेमा अग्रवाल, नैंसी अग्रवाल, शालिनी अग्रवाल, सिमरन अग्रवाल, तमन्ना अग्रवाल , गरी १९ जाना पुरुष र ६ जाना महिला को सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.