logo

 कोभिड महामारीकाबीच बीरगंजमा कोरा साइक्लिंग च्यालेन्ज सफलताका साथ संम्पन्न

 इसीमाना सम्वाददाता     २०७८ सावन ५ गते ०३: ४५ मा प्रकाशित     858   पटक पढिएको

विश्वव्यापी महामारी कोरोना फ़ैलीएको बेला स्वास्थ्यलाई ध्यानमा  राखी थारै सहभागिहरुको वीचमा कोरा साइक्लिंग च्यालेन्ज सम्पन्न भएको छ ।

 

२५ जना सिमित सहभागीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको बीरगंज साइक्लिंग क्लबका अध्य्क्ष  संजय अग्रवालले जानकारी दिनुभयो ।


बीरगंज साइक्लिंग क्लब र एन वाई इ एफ़ बीरगंजको संयुक्त आयोजनामा पहिलो पटक बीरगंजमा कोरा  यात्रा शुरू भएको अध्यक्ष संजय अग्रवालले बताउनु भयो ।  


घडीको दिशामा धार्मिक क्षेत्रहरुको बरिपरि श्रद्धालु भक्तजनहरुले बनाउने परिक्रमलाई कोरा भन्ने गरेको एन वाई ई एफ बीरगंज का अध्य्क्ष अनूप अग्रवालले बताउनु भयो । 


  सुरुवात नेपाल घुम्न आएका एक जर्मन नागरिकले काठमाडौँमा २०१० जुलाईको तेश्रो शनिबार साइकलमा एक राउण्ड लाएर त्यो साइकल यात्रालाई कोरा भनेका थिए। त्यसैले त्यहि यात्रालाई निरन्तरता दिदैं  नेपालका विभिन्न स्थानमा यो यात्रा सुरु गरिएको हो।


पहिलो पटक बीरगंजमा कोरा यात्रा को शुरवात भएको हो । यसपाली भने कोभिडका कारणले  यात्राको दुरी छोट्याएर घंटाघर बाट चिनिमिल आवास क्षेत्र हुदै बाइपास रोड निस्किएर भानु चौक हुँदै रजत जयन्ति बाट अन्तिममा मकालू होटल सम्म  पुगेर यात्रा टुंग्याएको  अध्यक्ष अग्रवालले बताउनु भयो । 


यो यात्रा मा प्रदेश न २ का ट्राफिक प्रमुख हिमालय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमन कार्की, भंसार कस्टम सशत्र प्रहरीका इंस्पेक्टर सुबर्ण  बम ,व्यवस्थित बीरगंजका दिलीप कार्की,
 बीरगंज साइक्लिंग क्लबका अध्य्क्ष संजय अग्रवाल , अनूप अग्रवाल, संदीप बनर्जी, संदीप अग्रवाल, आनंद  चौधरी , हृतिक अग्रवाल, अक्षत चमरिया, बिनीत गोयल,  नेहा अग्रवाल, हेमा अग्रवाल, नैंसी अग्रवाल, शालिनी अग्रवाल, सिमरन अग्रवाल, तमन्ना अग्रवाल , गरी १९ जाना पुरुष र ६ जाना महिला को सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.