logo

कोरोना राहत कोषमा अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रा. लि.का तर्फबाट तीन लाख सहयोग प्रदान

 इसीमाना सम्वाददाता     २०७८ सावन २९ गते ०७: २७ मा प्रकाशित     695   पटक पढिएको


काठमाण्डौ /
नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पु¥याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ मा  अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रा. लि.का तर्फबाट तीन लाख सहयोग प्राप्त भएको छ ।

अष्ट्राटेक प्रा. लि.का फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी(एनएसडब्लु) इ. विनोद कुँवरमार्फत प्राप्त भएको उक्त रकम आज एक कार्यक्रमका बीच महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई अष्ट्राटेक प्रा. लि. का नेपालस्थित कार्यालयका प्रतिनिधि सैलेश शाँखीले हस्तान्तरण गरेका हुन ।

सो अवसरमा कार्यवहाक अध्यक्ष विष्टले कोराना संक्रमति पत्रकारका लागि सहयोग पु¥याउन महासंघले सञ्चालन गरेको अभियानमा सहयोग गर्नुभएकोमा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी इ. विनोद कुँवरसहित नेपाल प्रतिनिधि शाँखीलाई  धन्यवाद व्यक्त गर्नुभयो ।

 

बिष्टले, उहाँको  सहयोगले नेपाली पत्रकारप्रतिको विश्वास र स्नेह प्रकट भएको बताउँदै समस्यामा परेका पत्रकारहरूलाई राहत पुग्ने बताए  ।  प्राप्त सहयोग लक्षित पत्रकारहरूसम्म पारदर्शी ढङ्गबाट पुर्याइने बिष्टले बताए ।

 

का.वा. अध्यक्ष विष्टले भविष्यमा पनि अष्ट्राटेक प्रा. लि. सँग सहकार्य गरी अगाडि बढ्ने बताउँदै थय सहयोग र सहकार्यको अपेक्षा रहेको बताए  ।

रकम हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य शिवराज तिमिल्सिना र लेखा समिति सदस्य मुकुन्दप्रसाद भण्डारीको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.