६ किलो चाँदी सहित पक्राउ ६० वर्षिय नागेन्द्र साह सोनारलाई जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।
उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित शंकराचार्य गेट नजिक बाट पक्राउ गरेको हो । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं ६ का बासिन्दा सोनारलाई पैदल हिडिरहेको बेलामा शंकालागि प्रहरीले चेकजाँच गर्दा चादी फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
सोनारले बोकेको कालो झोलामा चाँदी जस्तो देखिने धातुबाट बनेको गरगहना फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
रावस्व छली नेपाल भित्र्याइदै गरेको चादीको गहना सहित सोनारलाई थप कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया