logo

पर्यटकीय गन्तब्य पोखराको प्रचारमा गण्डकी सरकार ,पर्यटन सम्बन्धी मस्यौदा बनाईरहेको मंत्री शर्माद्वारा खुलासा

 इसीमाना सम्वाददाता     २०७८ भदौ १७ गते ०५: ३८ मा प्रकाशित     687   पटक पढिएको

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र  शर्माले पर्यटन, उद्योग, वाणिज्य र निजीक्षेत्रको विकासको निमित्त गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको बताउनुभयो ।

आन्तरिक पर्यटन प्रर्वद्धनको उद्धेश्य राखेर बीरगंज भ्रमणमा आएको मंत्री शर्माको टोलीले बीरगंज उधोग बाणिज्यसंघमा आयोजना गरिएको स्वागत कार्यक्रममा यस्तो जानकारी दिनु भएको हो ।  

 

आन्तरिक पर्यटनको विकास र प्रबद्र्धनको लागि प्रदेश सरकारले भर्खरै पर्यटन सम्बन्धी नीति र कानूनको मस्यौदा तयार गरेको र त्यसमा अरु विशेष कुराहरु के के थप्ने भन्ने बारेमा सरोकारवालाहरुसँग सुझाव माँग गरिएको जानकारी दिनु भयो  ।

 

मन्त्री शर्माले सङ्घीय सरकारको समन्वयमा पर्यटन व्यवसायीमैत्री कानून बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले पर्यटन क्षेत्र नेपालको प्रमुख आय आर्जनका स्रोत भएकोले यसको उन्नयनबाट राष्ट्रिय, प्रादेशिक र स्थानीय अर्थतन्त्रको सबलीकरण हुने भएकोले हाम्रा साझा भूमिका यस तर्फ हुनुपर्ने धारणा राख्नुभयो । 

 


बुद्ध एयरका सञ्चालक परासर जङ्ग पाण्डेले आउने २÷३ महिनाभित्रै हवाई यात्रा सोचेको भन्दा भाडा दर कम हुने र पर्यटकहरुको लागि ल्याइएको प्याकेज रकम पनि कमी आउने बताउँदै आगामी दिनमा गुणस्तरीय सेवाहरु प्रदान गर्ने बताउनुभयो । 


नेपाल उद्योग वाणिज्य महासङ्घ–प्रदेश नं. २ का अध्यक्ष गणेशप्रसाद लाठले पर्यटकीय गन्तब्य बिकासमा तीनै तहका सरकारले ध्यान दिन आवश्यक रहेको बताउनु  भयो ।

 

उहाँले प्रदेश २ मा पर्यटकीय गन्तब्यकालागि अझै काम गर्न बाँकी रहेको बताउनु भयो । पर्यटक किन आउने भन्ने प्रश्नको उत्तरको खोजीमा लाग्न उहाँले सुझाव दिनु भयो । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले वीउवासङ्घको ऐतिहासिक पृष्ठभूमि, उद्योग, व्यापार, व्यवसाय प्रबद्र्धनको क्षेत्रमा खर्चिरहेको ऊर्जा बारे चर्चा गनुृ भयो ।

 

अध्यक्ष गुप्ताले मुलुककै सबैभन्दा ठूलो औद्योगिक कोरिडोरको रुपमा रहेको वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरले करिब एक÷डेढ लाख जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेको कुरा बताउनुहुँदै सङ्घले प्रदेश नं. २ मा रहेका पर्यटकीय क्षेत्रको प्रबद्र्धन र विकास गर्दै आएको र यस क्षेत्रले बोकेको पर्यटनको सम्भावनालाई संघले बहसमा ल्याएको जनाउनु भयो । 


सोही क्रममा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट सेन्टरका केन्द्रीय अध्यक्ष अच्युत गुरागाई, पोखरा टुरिज्म काउन्सिलका अध्यक्ष गोपी बहादुर भट्टराई, नाटा पोखराका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरिराम अधिकारी लगायतले पर्यटन प्रबद्र्धनका सम्बन्धमा भाडा दर, पर्यटन तथा यातायातका सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।


 होटल तथा पर्यटन समितिका संयोजक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सह–सचिव अनोज रुँगटाले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गर्नुभएको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.