logo

महानगर प्रमुख सरावगीद्वारा ढलान निर्माणको अनुगमन ,गुणस्तरीय निर्माणमा चासो र चिन्ता लिन स्थानीयलाई आग्रह 

 इसीमाना सम्वाददाता     २०७८ असोज १७ गते ०९: ०२ मा प्रकाशित     834   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले नगर स्तरीय बजेटबाट निर्माण भएको भौतिक संरचनाको स्थलगत अनुगमन निरीक्षण गरेका छन ।

 

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा नयाँवस्तीमा निर्माणाधिन सडक ढलानको आज स्थलगत अनुगमन निरीक्षण गरेका हुन  ।

 

सडक ढलानको निरीक्षणसँगै उक्त सडकसंग जोडिएको सहायक सडकलाई पनि निर्माण गर्न प्रमुख सरावगीले निर्देशन दिएका छन  । अनुगमन निरीक्षणका क्रममा महानगर प्रमुख सरावगीले गुणस्तरीय निर्माणमा स्थानीयको पनि चासो र चिन्ता हुनुपर्ने बताए  ।

 

उनले  महानगरपालिकाको बजेट खेर जान नदिन नगरवासीको पनि उक्तिकै जिम्मेवारी रहेको बताउदै कही कतै कमसल निर्माण सामग्री प्रयोग र गुणस्तरहिन काम भए खबरदारी गर्नुपर्ने बताए  ।

 

ठेकेदार र उपभोत्ता समितिहरुको आर्थिक लाभ लिने स्वार्थका कारणले गुणस्तरहिन काम हुने गरेकोमा त्यसमा स्थानीयवासीको खबरदारी आवश्यक रहेको बताए  ।

 

अनुगमनका क्रममा नयाँवस्तीमा देखिएका अन्य समस्याहरुको बारेमा पनि स्थानीयले नगर प्रमुख सरावगीलाई जानकारी गराएका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.