मोटरसाइकल चोरीमा संलग्नरहेको आरोपमा तीन जनालाई वीरगञ्जबाट चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारी रहेका छन् ।
असोज २२ गते दिउँसो वीरगञ्ज महानगरपालिका–१० आर्दशनगरमा रहेको प्रभु बैंक अगाडिबाट वीरगञ्ज महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना ४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
सूचना पाएलगत्तै खटिएको टोलीले खोजतलासको क्रममा चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया