logo

जर्वजस्ती करणीको अरोपमा जिराभवानीका शेख सलाउद्दीन गिरफ्तार

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २६ गते ०६: ३२ मा प्रकाशित     495   पटक पढिएको

२० वर्षिया महिलालाई जर्वजस्तीक करणी उधोग गरेको आरोपमा प्रहरीले जीराभवानी गाउँपालिका वडा नं. १ बस्ने वर्ष १९ को शेख सलाउद्दीनलाई कार्तिक २६ गते साँझ ६ बजे गिरफ्तार गरेको छ ।

 

उनलाई पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  जिराभवानी गाउँपालिकाको वडा नं १ बाट गिरफ्तार गरेको हो । कार्तिक २५ गते साढे १ बजेको समयमा आरोपीत पीडितको घरमा पसी बलात्कार प्रयास गरेका थिए ।

 

 

आरोपीतले पीडित महिलाको  सल च्याती फालिदिई आपराधिक बल प्रयोग गरी खाटमा लडाई निजको भित्री वस्त्रसमेत लुगा खोली जबरजस्ती करणी गर्ने उद्योग गरेका थिए ।

 

आरोपीतको यो हरकतको पीडतको आमा समेत प्रतिकारमा उत्रिएपछि  करणी गर्न नपाएको जिल्ला प्रहरी कारार्यलय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो । आरोपीतलाई जिल्ला प्रहरी कार्यालय पर्साको न्यायीक हिरासतमा राखेर जर्वजस्ती करणी उधोग कसुरमा अनुसन्धान भइरहेको छ ।

 

पीडित महिलाको स्वास्थ्य परिक्षण बीरगंजमा नारायणी अस्पतालमा भएको डिएसपी खनालले बताउनु भयो । पीडित महिलाको आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा २६ गते अरोपीति बिरुद्ध उजुरी दिएकी छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.