logo

पर्सामा एक वर्षमा ७५ वटा मानव अधिकार उल्लंघनका घटनाहरू सार्वजनीक

 इसीमाना सम्वाददाता     २०७८ पौष ६ गते ११: ३८ मा प्रकाशित     710   पटक पढिएको

पर्सामा एकबर्षमा ७५ वटा मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको समिक्षा गोष्ठिमा सार्वजनिक गरिएको तथ्यांकले मानव अधिकार उल्लंघनका घटनाहरूको संख्या अघिल्लो बर्षको भन्दा पनि कम नभएको पाईएको हो ।

इन्सेकले प्रकाशन गर्ने मानव अधिकार बर्ष पुस्तक २०२२ का लागि पर्सामा संकलन गरिएको मानव अधिकार उल्लंघनका घटनाको पुष्टि र पुनर्पुष्टिका लागि आयोजना गरिएको समीक्षा गोष्ठिमा इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले सार्वजनिक गरेको तथ्यांकअनुसार यो बर्षको समीक्षा अवधिमा पर्सामा विभिन्न ७५ वटा मानवअधिकार उल्लंघनका घटनाहरू भएको जानकारी दिनुभयो । त्यसमध्य १८ बर्षभन्दा कम उमेरका बलात्कारका ३७ वटा घटना भएको छ ।

१८ बर्षभन्दा माथिका बलात्कारका ९ वटा, १८ बर्षमाथिका बलात्कारका प्रयास ५ वटा, बालविवाहका घटना ४ वटा भएको इन्सेक प्रतिनिधि लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी बहुविवाह ४ वटा, हत्याका ५ वटा, मानव बेचविखनका ३ वटा, बोक्सीको आरोप २ वटा, कुटपिटको २ वटा घटना भएको छ । त्यस्तै अप्राकृतिक मैथुन, गर्भपतन, बालयौन दूराचार, र बलात्कारका प्रयासका चारवटा घटना भएका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले मानवअधिकार उल्लंघनका घटना साझा समस्या भएकोले यसको न्यूनीकरणका लागि पनि साझा प्रयास आवश्यक रहेको बताएका छन् । पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले कानूनको अनभिज्ञता क्ष्म्य नहुने भन्दै सबै मानवले कानूनको जानकारी राख्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कानून कार्यान्वयन गर्ने निकायले कार्यान्वयन गर्नै पर्ने भएकोले कानून कार्यान्वयन गर्ने क्रममा राज्यपक्षबाट हुने मानव अधिकार उल्लंघनका घटना नहोस भन्ने विषयमा प्रहरी निकै संवेदनशील भएको बताउनुभयो ।

इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले यसबर्ष खासगरी १८ बर्ष भन्दा कम उमेर समूहमा मानव अधिकार उल्लंघनका घटना भएको पाईएकोले यसले बालबालिकामा अभिभावकत्व भूमिका कम भएको पाईएको बताउनुभयो । यो समाजको लागि अत्यन्त गम्भीर र चिन्ताको विषय रहेको भन्दै उहाँले दाईजोसँग जोडिएर हुने मानव अधिकार उल्लंघटनाका घटनाले समाजमा फैलाईने सचेतनाका कार्यक्रमहरुको प्रभाव कम भएको देखिएको बताउनुभयो ।

जुनसुकै घटना पनि राजनीतिसँग जोडिने भएको हुँदा राजनीतिक तहमा नै यसको न्यूनीकरणको खोजी आवश्यक रहेको वक्ताको भनाई थियो । मानव अधिकार निगरानी समूह पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा,नेपाल पत्रकार महासंघका प्रदेश २ महासचिव श्याम बञ्जरा, पर्सा अध्यक्ष अनुप तिवारी, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादव लगायतले मानव अधिकारको विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.