logo

महानगरको लोककल्याणकारी काम जेष्ठ नागरिकलाई न्यानो कपडा

 इसीमाना सम्वाददाता     २०७८ पौष १९ गते ०८: २७ मा प्रकाशित     487   पटक पढिएको

वीरगन्ज महानगरले आज वडा नम्बर १२ मा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । बढ्दै गएको चिसोबाट ज्येष्ठ नागरिकलाई बचाउनका लागि कम्बल वितरण गर्ने अभियान अन्तर्गत आज दोश्रो दिन बिरगंज माहानगरपालिकाको वडा नम्बर १२ मा कम्बल वितरण गरिएको हो  ।

 

महानगरको जनकल्याणकारी योजना अन्तर्गत ३२ वटै वडाका ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति एक थान कम्बल, एकथान झुल, एकथान छाता र एकथान टर्च वितरण गरिने वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।

 

यसरी महानगरका करिब ६ हजार ज्येष्ठ नागरिक, असहाय, गरिब विपन्नहरुलाई कम्बल लगायतका सामग्री बितरण गरिने उहाँले बताउनुभयो ।

 

आज वार्ड नम्बर १२ मा वडा अध्यक्ष रामदरश प्रसादको अध्यक्षतामा प्रमुख अतिथि नगरप्रमुख बिजय कुमार सरावगीले ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गर्नुभएको नगर प्रमुख सरावगीका स्वकीय सचिव पिन्टु उपाध्यायले जानकारी दिनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.