बीरगंज महानगरपालिकाको वडा नं ३२ को भेडाह खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरि बिक्री गर्न लगेको अवस्थामा प्रहरीले बीरगंज महानगरपालिकाको वडा नं १६ नगवाबाट २१ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
प्रहरीले अवैध उत्खनन गरिएको बालुवा लोड गरेको पाइएकोले ट्रयाक्टरमा नियनत्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई आवश्यक कारवाहीकोलागि बीरगंज महानगरपालिकामा पठाइएको उहाँले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया