पर्साको धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु कुमार पटेललाई वडा सदस्यका पति र ठेकेदार मिलेर कुटेका छन ।
वडा नम्बर १ का वडा सदस्य शान्ति देबीका श्रीमान धर्मन राउत कुर्मी स्थानीय ठेकेदार मिलेर उनीमाथि आक्रमण गरेका हुन ।
मोटर खरिदको कोटेशन आफ्नो पक्षका मान्छेलाई दिन कुर्मीले योजना शाखा प्रमुखमाथी आक्रमण गरेको स्रोतले बताएको छ। ‘कोटेसन अरुलाई नदिन दबाब आएको थियो’, योजना शाखा प्रमुखले भने, ‘अन्य व्यवसायीको पनि फारम बुझ्यो भनेर आक्रमण भयो।’
कुर्मीले कमिसन लिएको ठेकेदारलाई कोटेसन दिन भनेका थिए । कमिसन लिएको ठेकेदारलाई कोटेसन नपाएकोले योजना शाखाका प्रमुख माथि आक्रमण भएको बताइएको छ ।
आफना समुहका मान्छे सहित गाउँपालिका पुगेका कुर्मीले ४ बजे सम्म घेराउ गरि योजना प्रमुखलाई अर्को कोटेशन बनाउन दवाव दिएका थिए ।
चार बजे प्रहरीलाई खवर गरिएपछि प्रहरीको सुरक्षा घेराहुदै योजना प्रमुख कार्यालय बाट बाहिरिएका थिए । गाउँपालिकाले मोटर खरिदका लागि ५ लाखको कोटेसन स्वीकृत गरि १२ गते नै अरुलाई कार्यादेश दिएको थियो ।
तपाईको प्रतिक्रिया