logo

जनप्रतिनिधिहरु सुविधाका गाडी फिर्ता गर्दै ,सरावगीले बुझाए गाडी

 इसीमाना सम्वाददाता     २०७९ बैशाख ७ गते ०२: ०६ मा प्रकाशित     887   पटक पढिएको

वीरगञ्ज महानगरपालिकाक प्रमुख बिजय कुमार सरावगीले आज नगर प्रमुखको रुपमा लिएको सुबिधा बापतको गाडी महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डेलाई हस्तान्तरण गर्नु भएको छ।

 

उहाँ नगर प्रमुख भएपछि नीजि सवारी प्रयोग गर्दै आउनु भएको थियो । स्थानीय प्रशासनले नीजी सवारीमा सुरक्षा थ्रेट भएकोले सरकारी गाडी प्रयोग गर्न सुझाएपछि महानगरपालिकाले नयाँ गाडी किनेको हो ।

 

महानगरको कार्यपालिकाले गाडी खरिद गर्ने निर्णय सर्वसम्मत रुपमा गरेपछि महानगरले नयाँ गाडी खरिद गरेको थियो । महानगरले मेयर , उपमेयर , कार्यकारी प्रमुखले प्रयोग गर्ने गरि नयाँ गाडीहरु खरिद गरेको थियो । त्यही गाडी महानगरप्रमुख सरावगीले आज बुझाउनु भएको हो ।

 

माथिल्लो तहबाट महत्वपूर्ण ब्यक्तिहरु बीरगंज आउदा सवारी चलाउन एउटा राम्रो गाडी आवश्यक भएकोले पनि महानगरले यो गाडी खरिद गरेको थियो । महानगरले १ करोड ४४ लाखमा खरिद गरिएको उक्त गाडि आज २ करोड भन्दा बढी पर्ने भएको छ ।

 

गाडीको साँचो हस्तान्तरण गर्दै नगरप्रमुख सरावगीले गाडि नगरबासीको सम्पति भएको हुनाले उहाँहरुको नासो निर्बाचनको बेला कसैले पनि दुरुपयोग गर्न नपावस भनेर जनताकै प्रतिनिधीमुलक संस्था महानगरलाई बुझाएको धारणा राख्नुभयो ।


यसैगरि जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले पनि सुविधाको गाडी गाउँपालिकालाई बुझाउनु भएको छ । उहाँले चढने गरेको गाडी ८१ लाखमा खरिद गरिएको थियो । त्यसैगरि बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साहले पनि सुविधाको स्करपियो नगरपालिकामा बुझाउनु भएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.