logo

गठबन्धनको प्रतिवद्धता पत्र सार्वजनीक लामखुट्टे नियन्त्रणकालागि एक महिने घरदैलो अभियान चलाइने

 इसीमाना सम्वाददता     २०७९ बैशाख २३ गते १०: २७ मा प्रकाशित     837   पटक पढिएको

स्थानीय तहको निर्वाचन सन्निकट रहेको अवस्थामा पाँच दलीय गठबन्धनले आफनो प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ । प्रतिवद्धता पत्रमा गर्न सकिने कुरामात्र लेखिएको गठबन्धनको दावी छ ।

 

जे बोल्छौं, त्यो गर्छौं, त्यति मात्रै बोल्छौं, जति गर्न सक्छौं, प्रतिवद्धता पत्रमा उल्लेख छ ।गठबन्धनले शुक्रबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गरेको हो ।

 

नेपाली काँग्रेस, जसपा, नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी सम्मिलित गठबन्धनका नेताहरुले संयुक्त रुपमा ‘साझा प्रतिबद्धता’ पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै गठबन्धनबाट वीरगन्ज महानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले वीरगन्ज महानगरपालिकालाई एउटा उन्नत नगर बनाउन प्रतिबद्धता जनाएका छन् ।


धुलो, धुँवा, कोलाहल, दुर्घटना सहेर देशको ढुकुटी भुर्नलाई नै आफ्नो जिम्मेवारी ठानेको बीरगंज महानगरपालिकाले ‘आर्थिक राजधानी’ को मौखिक उपमा बाहेक न्यायपूर्ण व्यवहार नपाएको उनले बताए ।

 

नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्रीले पार्टीको केन्द्रिय निर्णय अनुसार गठबन्धनमा आबद्ध सम्पूर्ण पार्टीका जिल्ला स्तरीय नेताहरु एक ढिक्का भएर गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका नेता चीरन्जीवी आचार्य , बालगोपाल थापा, नेकपा माओवादी केन्द्रका बिजय महतो लगायतको सहभागिता रहेको थियो ।


महानगरको प्रमुख समस्याको रुपमा रहेको फोहर मैला व्यवस्थापन, नाला सफाई र लामखुट्टे नियन्त्रणका लागि एक महिने सरसफाई घरदैलो अभियान नै चलाउने जनाईएको छ भने सफाईकर्मी आए/नआएको र फोहोर संकलन भए÷नभएको गुनासो सुन्न संयन्त्र बनाउने प्रतिबद्दता पत्रमा उल्लेख गरीएको छ ।

 

डुबान समस्याको स्थायी समाधान, बजार क्षेत्रमा नयाँ शौचालय निर्माण, बृक्षरोपण, पार्क निर्माण, कालो झोला नियन्त्रण, अब्यवस्थीत तार व्यवस्थापन र सिर्सिया नदिको प्रदुषण नियन्त्रण जस्ता विषयलाई प्राथमिकताको साथ पेश गरीएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.