logo

पर्वका नाममा हुने बिकृति बिरुद्ध कमल चलाउन सचिव चौहानको अपिल

 इसीमाना सम्बाददाता     २०७९ भदौ १० गते ०८: ३७ मा प्रकाशित     749   पटक पढिएको

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दस्पेन्द्र चौहानले सास्कृतिक पर्व मनाउने नाममा हुने बिकृतिका बिरुद्ध पत्रकारले कलम चलाउनु पर्ने बताएका छन ।


नेपाल पत्रकार महासंघ पर्सा शाखाले आज नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर आयोजना गरेको शुभकामना समारोहमा सचिव चौहानले यस्तो बताएका हुन ।

 

महिला पत्रकारहरुले विभिन्न पर्वको नाममा सृजना हुने विकृति र विसंगतिको विरुद्ध कलम चलाए मात्र पर्वहरुको नाममा हुने छाडापन नियन्त्रित हुन मद्धत पुग्ने बताए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी .लामिछानेले तीजको परम्परागत मान्यतामा मनाउने प्रचलनमा आएको बदलावका बारेमा पधकार महिलाले हेक्का राख्नु पर्ने बताए ।

 

उनले तीज कुनै बेला सासुहरुको प्रताडना बिरुद्ध तीजको उपयोग भयो । कुनै बेला सामाजिक चेतनाको आन्दोलनका निम्ति प्रयोग भयो अहिले प्रविधिका कारण तीजको मौलीकता माथि प्रश्न उठन थालेको प्रति सचेत हुने बेला आएको बताए । प्रदेश महासचिव श्याम बन्जाराले तीजको पौराणीक तथा धार्मिक मान्यताको बारेमा चर्चा गरेका थिए ।

 

जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक श्री बुढाथोकी, नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति सदस्य लक्ष्मी खरेल, पत्रकार महासंघका केन्द्रिय पार्षद महेशचन्द्र गौत्तम, पत्रकार महासंघकी सदस्य कविता खड्का, निलिमा पौडेल, माधुरी महतो लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

महासंघका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सदस्य तिवारी यादवले गउपहार स्वरुप साडी प्रदान गरेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.