पर्सा जिल्लाको प्रशासनीक मूख्यालय जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित कार्यालयले छापा मारी गरि घुस रकम सहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटमा छापामारी गरि त्यहा कार्यरत कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादवलाई ५ हजार घुस रकम सहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका डिएसपि हेम बहादुर केसि नेतृत्वको टोलिले छापा मारी गरि घुस लिरहेका यादवलाई रंगे हात पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका साहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलका अनुसार सेवाग्राहीसँग माग गरेको ५ हजार घुस रकमसहित यादव पक्राउ परेका छन ।
तपाईको प्रतिक्रिया