घरको छतबाट लडी २ वर्षिया वालिकाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १ छप्कैया बस्ने मुकेश ठाकुरको छोरी सजना ठाकुरको मृत्यु भएको हो ।
घरको बालकुनिमा खेल्ने क्रममा अनियन्त्रीत भई अचानक जमिनमा लडी टाउकोमा चोट लागि गम्भिर घाईते भएकी सजना ठाकुरलाई उपचारकोलागि नारायणी अस्पताल वीरगंजमा भर्ना एल.एस.न्यूरो अस्पतालमा रिफर गरिएको थियो ।
उपचारको क्रममा न्यूरो अस्पतालमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको शव पोष्ट मार्टमकोलागी नारायणी अस्पताल वीरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया