logo

नेपाल पत्रकार महासंघ रौतहटशाखको साधारणसभा २६ गते दुर्गा भगवतिमा हुने

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक २२ गते ०२: ०२ मा प्रकाशित     765   पटक पढिएको

नेपाल पत्रकार महासंघ रौतहटको साधारण सभा दुर्गा भगवति गाउँ पालिकाको सामुदायिक भवनमा यही कार्तिक २६ गते शनिवार हुने भएकोछ । जिल्ला कार्य समिति सचिव मदन ठाकुरले दिए ।

 

केन्द्रीय कार्यालयले गरेको परिपत्र अनुसार कार्तिक मसान्त भित्र सम्पन्न गर्न तोके बमोजिम गर्न लागेको हो । जिल्लाका सबै पालिकामा पत्रकार महासंघको गतिविधि गर्ने भनि लिएको उदेश्य अनुरुप यश वर्षको साधारणसभा दुर्गा भगवती गाउँपालिकामा गर्न लागिएको हो ।

 

सो साधारणसभाको प्रमुख असाढे नौ बजे उदघाटन हुने सचिव ठाकुरले जानकारी दिए ।नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा को अध्यक्षतामा चन्द्रनिगाहपुरमा बसेको बैठकले साधारणसभा गर्ने स्थान तथा प्रमुख अतिथि बारे निर्णय गरेको हो ।


सो बैठकमा केन्द्रीय सदस्य शिवपुरीको विशेष उपस्थिति रहेको थियो । साधारणसभा गर्ने निर्णय गत कार्तिक ४ गतेको बैठकबाट भएको थियो । प्रमुख अतिथि र साधारणसभा स्थलबारे सोमबार बसेको बैठकले टुङ्गो लगाएको हो ।

 

सो बैठकले पत्रकार महासंघको नयां सदस्यता खोल्ने निर्णय गर्नुको साथै जिल्लाका सञ्चारकर्मी तथा संचार संस्था सुचिकृत गर्ने भएको छ । नया सदस्यताका लागि आवेदन दिने समय २०७९ मंसिर १५ गते देखि मंसिर मसान्तसम्म तथा सुचिकृत हुन मंसिर १० गतेसम्मको समय दिने निर्णय गरिएको सचिव ठाकुरले जानकारी दिए ।

 

महासंघको बैठकले सञ्चारकर्मीको सवारी साधनको दुरुपयोग रोक्न तथा आफ्नै सुरक्षाका लागि सवारी साधनमा लेखिएको प्रेस मेटने निर्णय गरेको तथा यसमाजिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको सहयोग लिई पालना गराईने निर्णय भएको सचिव ठाकुरले बताए ।

 

असली नाम थर लेख्न तथा नामको आगाडी पछाडी जर्नलिस्ट आरजे र पत्रकार नलेख्न सञ्चारकर्मीलाई आग्रह गर्ने महासंघले निर्णय गरेकोछ । सो बैठकले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आधारहिन तथ्यहिन, भ्रामक सुचना सम्प्रेषण नगर्न नगराउन आग्रह गर्ने निर्णय समेत गरेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.