logo

वीरगंजमा माघी महोत्सव भब्य हुने, थारु समुदायका बिभिन्न परिकार महोत्सवका मुख्य आकर्षण

 इसीमाना सम्वाददाता     २०७९ पौष ३० गते ०७: ५४ मा प्रकाशित     664   पटक पढिएको

थारु सम्बत २६४७ औं तथा माघेसंक्रान्तिको अवसरमा थारु समुदायले गत वर्ष झै यो वर्ष पनि “माघी महोत्सव” गर्ने भएको छ । वीरगंजको आदर्शनगर स्थित पुरनो वसपार्कमा यो वर्षको कार्यक्रम आयोजना हुने भएको छ ।

 

यो वर्ष न्यूज २४ टेलीभिजनले पनि कार्यक्रमको प्रत्यक्ष प्शारण गर्ने आयोजकले जानकारी दिएका छन । महोत्सवको आवश्यक तयार पुरा भएको अनिवार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

थारु माघी समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा थारु समुदायका अगुवाहरुको सहभागिता रहेको थियो । यस वर्ष माघी महोत्सवको आकर्षणका रुपमा थारु संस्कृति झलक्ने घाटो , झम्टा, सामाचकेवा, थारु पुर्बी नाच , थारु समुदायका बालबालिकाहरुद्वारा थारु गीतमा नृत्य , थारु कलाकारद्वारा कला प्रर्दशन , थारु विशेष परिकारमा घोङ्गी , गंगटो(कैकरा), माछा , परेवा,हास , कुखुरा ,चिचर , लाई , तिल रहने छन भने यसवर्ष महोत्सवमा मधेसी , नेवार , मैथिली तथा , मारवाडी समुदायकाका खानाका परिकार पनि राखिने कार्यक्रम संयोजक रामसुन्दर चौधरीले जानकारी दिए ।

 

महोत्सवमा गत वर्ष झै यो वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरिने छ । कार्यक्रम दिउसो साढे १२ बजेदेखी संचालन गरिने आयोजकले जनाएका छन । बिहानर साढे ११ बजे थारु संस्कृति र झाँकी सहित प्रभात फेरीको आयोजना गरिएको प्रचार संयोजक दीपेन्द्र चौधरीले जानकारी दिए । आयोजकले आम जनसमुदायलाई माघी महोत्सवमा आमन्तत्रण समेत गरेको छ ।

पत्रकार सम्मेलनमा ,सहसंयोजक शेखर चौधरी ,सास्कृतिक संयोजक बिजया ओझैया , रक्तदान संयोजक अजय चौधरी , मंच व्यवस्थापन संयोजक परमान्द चौधरी , प्रभात फेरि संयोजक अमय दास , अतिथि सत्कार संयोजक गौतम चौधरी , सुरक्षा संयोजक मनोज चौधरी रहेका छन् ।
पत्रकार सम्मेलन परमान्द चौधरीको सभापतित्वमा भएको थियो ।

 

कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य नन्दकिशोर पन्जियार , मेलमिलाप थारु परिवार पर्साका अध्यक्ष मनोज चौधरी , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , प्रकाश थारु , बिजया ओझैया, थारु पत्रकार संघ पर्साका अध्यक्ष शम्भु थारु लगायतकाको सहभागीता रहेको थियो ।


स्वागत मन्तव्य थारु कल्याणकारी सभा पर्साका सल्लाहकार अमय दासले र कार्यक्रम सन्चालन पुनम चौधरीले गरेकी थिइन । यो सगै थारु समुदायले पर्सागढी,सखुवा प्रसौनी, पटेर्वा सुगौली र जिराभवानीमा भब्यतापूर्व माघी समाराहेको आयोजना गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.