logo

सडक विभागको उपसचिव दास भारतीय नागरिक भन्दै गृहद्वारा छानवीन शुरु

 इसीमाना सम्वाददाता     २०७९ पौष ३० गते ०८: १२ मा प्रकाशित     468   पटक पढिएको

सडक विभागको उपसचिव रविन्द्रलाल दासको दोहोरो नागरिकताको बिषयमा गृहमंत्रालयले छानवीन शुरु गरेको छ ।

 

दास र उनका परिवारका सदस्यले नेपाल र भारत दुबै देशको नागरिकता तथा मतदाता परिचयपत्र बनाएको भन्दै उनी बिरुद्ध धानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार लगायत जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परे पछि गृहमंत्रालयले छानवीन शुरु गरेको हो ।


दास अहिले सडक विभाग मातहत सूर्यविनायक–धुलिखेल–बर्दिबास सडक आयोजनामा प्रमुखको हैसियतमा कार्यरत छन् ।


दासले बिहारको मधुबनी जिल्ला खजौलीको मतदाता सूचीमा आफ्नो र अफ्नो परिवारको नाम समावेश गराएका छन । नेपालमा कमाएको पैसाबाट दासले अफ्नो श्रीमती माल्भिका र छोरा उत्कर्षको नाउँमा भारतको नयाँ दिल्ली, द्वारिका, नोएडा, गुडगाउँ गरी चार ठाउँमा फ्ल्याट खरिद गरेको बुझिएको छ। उनले अत्याधुनिक सवारी साधनमामा समेत लगानी गरेको उनी निकटकाले बताएका छन ।

 

नेपालमा भ्रष्टाचार गरी कमाएको सम्पतिबाट अफ्नो ससुराली भारतको मधुबनी जयनगर खाजौलीमा समेत सम्पति जोडेका छन भने छोरालाई बंगलादेशमा डाक्टरी पढाइ रहेको वुझिएको छ।

 

दासको नागरिकताको सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सँग बुझ्दा दासको नागरीकता जनकपुरबाट लिएको देखिन्छ छोराको नागरीकता यहाँबाट लिएको देखिन्छ अब गृह मन्त्रालयबाट आएको यो फाइल जनकपुर पठाई दिने बताए।

 

दासले दोहोरो नागरिकता लिएको पुष्टि भएमा नेपाली नागरिकता रद्द हुनुका साथै एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.