वीरगंज/ चार वर्ष देखि फरार अप्राकृति मैथुन आरोपी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानी बस्ने ३० वर्षिय अबदुल मिया अन्सारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पर्सा जिल्ला अदालतले ०७८ कार्तिक ३० गते अप्राकृतिक मैथुन मुद्धामा ५ वर्ष कैद सजयको फैसला गरेको छ ।
सोही समयदेखि उनी भारत र नेपालको विभिन्न स्थानमा लुकी छुपी बस्दै आएका थिए ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको प्रहरी टोलीले उनकै घर नजिकै सडकबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला सरकारी न्यायधीवक्ताको कार्यालय मार्फत ०७६ मंसीर २२ गते जिल्ला अदालतमा मुद्धा अभियोजन गरेको थियो ।
तपाईको प्रतिक्रिया