logo

पत्रकार महासंघले पर्सेली पत्रकारिताको इतिहास समेटेर स्मारिका प्रकाशन गर्ने

 इसीमाना सम्बाददाता      २०७९ फागुन १६ गते ०२: ४४ मा प्रकाशित     334   पटक पढिएको

वीरगञ्ज । पर्साको पत्रकारिताको ७ दशकलाई समेटेर नेपाल पत्रकार महासंघ पर्साले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल पत्र कार महासंघ पर्साको मंगलवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले पूर्व अध्यक्ष शत्रुघ्न नेपालको संयोजकत्वमा महेश दास, महेश गौतम, युवराज खड्का, भूषण यादव रहेको स्मारिका प्रकाश समिति निर्माण गरेको छ । समितिको सल्लाहकारमा जगदिश शर्मा, शंकर खतिवडा, गया यादव, चन्द्रकिशोर झा रहेका छन ।

 

यसैगरि महासंघको भौतिक निर्माण कार्य प्रगतिमा रहनुको साथै आम संचारकर्मीको क्षमता अभिवृद्धीका लागि चैतको पहिलो साता चितवनको सौराहामा तीन दिनको आवासिय तालिम संचालन गर्ने निर्णय समेत भएको छ ।

 

पत्रकार स्व. नरेश सर्राफको स्मृतिमा स्थापना भएको अक्षय कोषको खाता नबिल बैंकको पावर हाउस शाखामा संचालनमा आएको नेपाल पत्रकार महासंघ पर्साले जनाएको छ । शाखाको पूर्व निर्णय अनुसार १ लाख ५१ हजार रकम जम्मा गर्ने निर्णय बैठकमा गरिएको छ । बैठक शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.