logo

प्रतिवन्धित लागूऔषध खैरो हिरोईन सहित वीरगंजबाट दुई जना पक्राउ

 इसीमाना सम्वाददाता     २०७९ फागुन १८ गते ०५: ४२ मा प्रकाशित     695   पटक पढिएको

वीरगंज। भारत पश्चिम बगांल जिल्ला माल्दा बमनग्राम बस्ने २९ वर्षका महम्द नायम शेख र गोरखा जिल्ला घार्चे गाउँपालिका ६ घर भई हाल काठमाण्डौ बस्ने २४ वर्षीय सुरेश घले प्रतिवन्धित लागूऔषध खैरो हिरोईन सहित वीरगंजबाट पक्राउ परेका छन ।

वडा प्रहरी कार्यालय विर्ता र लागूऔषध नियन्त्रण पर्सा व्यूरोबाट खटिएको प्रहरीको सयुक्तं टोलीले वीरगन्ज महानगरपालिका शकंराचार्य गेटस्थित पैदलयात्रीहरुलाई रोकेर चेकजाँज गरेको थियो ।

 

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउदैँ गरेका महम्मद शेखलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकको झोलामा बेरिएको ३ प्याकेटभित्र ३ सय ग्राम खैरो हेरोईन फेला पारेको प्रहरीको दावी छ ।

शेखलाई पक्राउ गरि अनुसन्धान गर्दै जादाँ उक्त खैरो हेरोईन सुरेश घलेले मगाएको खुल्न आएकाले प्रहरीले लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरसँग समन्वय गरि घलेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी सूचना अधिकारी दिपक गिरीले जानकारी दिए ।
पक्राउ परेका शेख र घलेलाई लागूऔषध सम्बन्धि कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता गिरीले बताए ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.