वीरगंज । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् ।
सेवाग्राहीसँग घुस लिइरहेको भिडियो प्रमाण फेला परेपछि उद्योग, पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो ।
हिरासतमा रहेको अभियुक्तका व्यक्तिसँग आर्थिक लेनदेन गरेको भनी विद्युतीय माध्यमबाट बुझिन आएकाले उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयकी प्रवक्ता अन्जना कायस्थले जानकारी दिइन् ।
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–१ स्थित मुसहरी बस्ने जयनारायण साहविरुद्ध अवैध रुपमा वन पैदावार ओसारपसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए । गत चैत ६ गने अभियुक्त साह पक्राउ परे ।
४० हजार रुपैयाँ घुस दिएको भिडियो बनाएर सम्बन्धित निकायमा पेश गरे पछि उनी निलम्बनमा परेका हुन ।
तपाईको प्रतिक्रिया