logo

भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजनामा मातृभाषामा शिक्षाको सन्दर्भ बिषयक संगोष्ठी सम्पन्न

 इसीमाना सम्वाददाता     २०८० बैशाख २८ गते १०: २५ मा प्रकाशित     602   पटक पढिएको

बीरगन्ज। बीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको संरक्षण, संवद्र्धन तथा उत्थानको लागि आफु सँधै तत्पर रहेको बताएका छन ।

 


भोजपुरी प्रतिष्ठान बीरगन्जको आयोजना र भाषा आयोगको सहकार्यमा बिहिवार बीरगन्जको क्लासिक होटेलमा सम्पन्न “मातृभाषा में शिक्षा के सन्दर्भ– भोजपुरी में पठन पाठन” विषयक विमर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले यस्तो बताएका हुन ।

 


कार्यक्रममा भाषा आयोग नेपालका अध्यक्ष डा. गोपाल ठाकुरले प्रारम्भिक शिक्षा मातृभाषामा संचालन गर्न सके सिकाई प्रक्रिया सहज हुने ठोकुवा गरे । स्थानीय भाषामा पठन पाठन लागु गर्न स्थानीय सरकार तथा समाज पनि गम्भिरताका साथ लाग्नु पर्ने आवश्यता रहेको कुरामा डा. ठाकुरले जोड दिए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दैै बीरगन्ज महानगरपालिका शिक्षा शाखाका प्रमुख अरविन्दलाल कर्णले कुनै समुदायको इतिहास समाप्त गर्नु परेमा सो समुदायको भाषालाई समाप्त गरे पुग्ने भएको हुँदा आफ्नो मातृभाषाको संरक्षणमा सबै जना गम्भीरताको साथ लाग्नु पर्ने बताए ।

 


त्यसैगरी भाषा आयोगका सदस्य गोपाल अश्कले मातृ भाषामा रोजगारी सृजना गर्न सके मातृ भाषाको विकास हुने बताए । उनले काठमाडौं महानगरपालिकामा मातृभाषा १ सय १५ जना शिक्षक दरबन्दी कायम गरिएको उदारहण दिदै हामीले पनि त्यसो गर्न सके भोजपुरी भाषा प्रतिको आकर्षण बढने बताए ।

 


बीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भाषा बिद् डा. विश्वम्भर शर्मा, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा,भोजपुरीया माटीका सम्पादक साहित्यकार रामप्रसाद साह, महुवा पत्रिकाका सम्पदाक प्रियंका पाण्डे, ललित कला केन्द्रका सदस्य अजमत अली,सलमा खातुन, ओमप्रकाश सर्राफ,तवरेज अहमद,ईश्वरचन्द्र यादव,बिनोद मेहता,धुव्र सिंह ठकुरी,अनिता साह,ऋतुराज पटेल, लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा सहभागीहरुलाई भाषा आयोगका अध्यक्ष डा. ठाकुरले नेपालमा बिभिन्न भाषाको इतिहास र भोजपुरी भाषाको इतिहासको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सहजिकरण भोजपुरी प्रतिष्ठान बीरगन्जका सदस्य एवं पत्रकार रितेश त्रिपाठीले गरेका थिए । कार्यक्रममा साहित्यकार, बिभिन्न स्कुलका प्रअ तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.