logo

लागु औषध सहित भरतपुरमहानगर १ का यादव पक्राउ

 इसीमाना सम्वाददाता     २०८० जेठ ३ गते ०६: ५२ मा प्रकाशित     289   पटक पढिएको

वीरगञ्ज। लागु औषध सहित चितवनका सुनिल यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलवार दिउसो वीरगञ्ज महानगरपालिका वडा नं–१६ स्थित सडक खण्डबाट उनलाई पक्राउ गरेको हो ।

 

ईनर्वा प्रहरी चौकीबाट खटिएको नियमित चेकिङ्ग टोलीले शंकास्पदरूपमा पैदल हिंडिरहेको बेला उनलाई चेकजाँचगर्दा लागु औषध फेला परेको हो ।

 

चितवन भरतपुर महानगरपालिका वडा नं–१ बस्ने १८ वर्षिय सुनिल यादवको शरिर कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा निजको शरिरको कम्मर पेटीको भागमा लुकाइछिपाई ल्याएको लागु औषध नाईट्राभेट १० पत्तामा जम्मा ३०० ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताए ।

 

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.