logo

अनलाईनबाट सट्टावाजी गरिरहेका एक भारतीय सहित तीन नेपाली पक्राउ

 इसीमाना सम्वाददाता     २०८० जेठ ११ गते ०७: ५५ मा प्रकाशित     879   पटक पढिएको

वीरगंज । सट्टावाजी गरेको आरोपमा प्रहरीले भारतीयसहित ४ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी ३१ बर्षिय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका वडा नं–६ निवासी ३५ बर्षिय सन्तोष कुमार यादव, पर्साको वीरगंज महानगरपालिका वडा नं–२४ निवासी ३४ बर्षिय धुरेन्द्र प्रसाद यादव र भारतको उत्तर प्रदेश गोरखपुर देवरिया निवासी ५२ बर्षिय मुन्ना भन्ने धर्मनाथ प्रसाद जैसवाल रहेका छन ।


विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं–१५ मा रहेको संजय श्रीवास्तवको घरबाट पक्राउ गरेको हो ।

 

अनलाइन मार्फत आइपिएल २०२३ को जुवारसट्टावाजी गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई त्रफाउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

 


श्रीवास्तवको तिन तल्ले पकी घरको माथिल्लो तल्लाको उत्तर पट्टीको कोठामा अनलाइन मार्फत सट्टाबाजी गरिरहेको अवस्थामा बुधबार विहान ११.४५ बजेको समयमा चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरी टोलीले उक्त घरको कानूनी रीत पुर्‍याई खानतलासी गर्दा पक्राउ परेकाहरुले संचालन गरेको सट्टाबाजीमा प्रयोग भएको विभिन्न प्रकारका मोबाईल, ल्यापटप तथा नेपाली नगद .३ लाख ९० हजार ५ सय, भारतीय नगद १५ हजार ७ सय ७५ र खेलको लाइभ हेर्न प्रयोग भएको आइडिया कम्पनीको ३२ इन्चको एलईडि टिभि समेत फेला परेको प्रवक्ता गिरीले वताए ।

 

पक्राउ परेकाहरु विरुद्द अनलाइन सट्टाबाजी सम्बन्धी कसूरमा बिहिबार जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको उनले जानकारी गराए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.