logo

शंकास्पद ट्रक प्रहरी नियन्त्रणमा, आवश्यक कारवाहीकोलागि राजस्व अनुसनधान पठाइयो

 इसीमाना सम्वाददाता     २०८० जेठ ११ गते ०८: ३० मा प्रकाशित     285   पटक पढिएको

वीरगंज । बिल विजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ ।


वीरगञ्जबाट सर्लाहीतर्फ गईरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले १० गते बिहान वीरगञ्ज महानगरपालिका वडा नं–१६ नगवा स्थित सडकखण्डमा ना.७ ख ७६७६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।

 

सर्लाही ढुवानी ट्रान्सपोर्टबाट पठाईएको ट्रकमा विल बिजक शकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए ।

 

ट्रकमा बत्तीस लाख सड्तीस हजार सात सय उनचालीस रुपैया बराबरको हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू फेला पारीएको उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.