वीरगंज । प्रहरीले ६ लाख बराबरको भंसार राजस्व छली गरि भित्र्याइएको लत्ताकपडा तथा हार्डवेयर पार्टसका सामानहरू नियन्त्रणमा लिइ आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्याल बुझाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्तीचोक स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी वीरगञ्जतर्फ भित्राउदै गरेको विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसका सामानहरू प्रहरीले गस्तीको क्रममा नियण्न्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
प्रहरी टोलीलाई देख्नासाथ सामान बोक्ने अपरिचित व्यक्तिहरू आफ्ना मालबस्तुहरू छाडी फरार भएको प्रहरीले जनायो ।
तपाईको प्रतिक्रिया